भक्तपुर जिसस प्रमुखमा एमालेका ईश्वर थापा विजयी
जेठ २८, २०७९, शनिबार | विहान ०९:४४ बजे | 35
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोलाप्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् ।
जिल्ला समन्वय समितिका लागि आठ जना मतदाता हुन्छन् । जिल्लाका चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् ।