बालेन फेरि भक्तपुरमा, यस्तो लेखे प्रतिक्रिया
जेठ २८, २०७९, शनिबार | विहान ०७:०५ बजे | 30
काठमाण्डौ महानगरपालिका मेयर बालेन शाह ख्वप मोडेल बुझ्न भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापती सङ छलफलमा आएका छन । छलफलपछि उनले लेखेको प्रतिक्रिया
“मैले बारम्बार भनिरहेको कुरा हो, काठमाडौँ हेर्दा भक्तपुर जस्तो हुनुपर्छ भनेर । आज भक्तपुरको मेयर सुनिल प्रजापतीज्यूसँग भेट हुँदा हामीले अमेरिका, जापानबाट वा विदेशी विकासप्रेमी नेताबाट सिक्ने भन्दा ,उहाँबाट नि धेरै सिक्न पाइयो । उच्च शिक्षाको लागि नगरपालिकाले बिना ब्याज ऋण, नगरपालिकाको आफ्नै कलेज, आफ्नै अस्पताल, आफ्नै प्राबिधिक कलेज, आफ्नै शिक्षा नीति, सम्पदा सुची वरिपरि घर जग्गा किनबेच गर्न नपाइने , एनजीओ आइएनजीओको प्रभावबाट मुक्त, विदेशी सहयोग लिन नखोज्ने आफै स्वावलम्बी हुन कोसिस गर्ने, आफ्नो शीप, कौशल अर्को नगर, गाउँमा नि फैलाउन दक्ष जनशक्ति उत्पादन गरी सकेका मेयर प्रजापति साच्चिकै उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । बालेन शाह
फाेटाेमा हेर्नुहाेस्...