राेटरी क्लव अफ मध्यपुरले नवअागन्तुक सदस्यहरूलाई राेटरी क्लवकाेवारे जनचेतनामूलक परिचयात्मक कार्यक्रम


जेठ २८, २०७९, शनिबार | विहान ०६:१३ बजे | 30


राेटरी क्लव अफ मध्यपुरले नवअागन्तुक सदस्यहरूलाई राेटरी क्लवकाेवारे जनचेतनामूलक परिचयात्मक कार्यक्रम

राेटरी क्लव अफ मध्यपुरले नवअागन्तुक सदस्यहरूलाई राेटरी क्लवकाे वारे जनचेतनामूलक परिचयात्मक कार्यक्रमकाे अाज जेष्ठ २८ गते अायाेजना गरेकाे छ । परिचयात्मक कार्यक्रममा राेटरीका डिष्ट्रिक ३२९२ नेपाल भुटानका निवर्तमान डिष्ट्रिक गभर्नर राजिव पाेखरेलले राेटरी क्लवकाे बारेमा जानकारी दिदै अमेरिकन नागरिक पाेल पि.ह्यारीज (paul p. Harris) ले राेटरी संस्थाकाे स्थापना गरेकाे बताउनुभयाे । उहाँले सामाजिक कार्य गर्ने उद्देश्यले १९०५ मा अमेरिकामा स्थापना भएकाे संस्थामा हाल २ सय भन्दा बढि देशमा फैलिदै १२ लाख भन्दा बढि सदस्यहरू रहेकाे बताउनुभयाे । निवर्तमान डिष्ट्रिक गभर्नर पाेखरेलले राेटरीले बिश्वमा शान्ति छाअाेस् भनेर शान्ति, स्वास्थ्य, सरसफाई, बच्चा र अामाकाे स्वास्थ्य, शिक्षा, समाजमा स्थानियकाे अार्थिक तथा समाजिक बिकासमा सीप सिकाई अात्मनिर्भर गराउने, वातावरण गरि ७ वटा क्षेत्रमा विशेष कार्य गर्ने भन्दै संस्थाले बर्षमा अर्बाै रकमकाे सामाजिक कार्यमा खर्च हुने गरेकाे बताउनुभयाे । बिश्वबाट पाेलियाे उन्मुलन गर्न राेटरीकाे महत्वपुर्ण भुमिका रहेकाे भन्दै पाेलियाे उन्मुलनकालागि राेटरी फाउन्डेसनबाट अहिलेसम्म बार्षिक ४०/४५ लाख रूपैया नेपाल सरकारले प्राप्त गर्दै अाईरहेकाे बताउनुभयाे । उहाँले अरूलाई सेवा गरेर खुशी हुने साेच भएका ब्यक्तिहरूकाे साझा संस्थाकाे रूपमा बिश्वब्यापी संस्था पभएकाे भन्दै उहाँले त्यस्ता साेच नभएका ब्यक्तिहरू राेटरीकाे सदस्य बन्न गाराे हुने र पैसा नै सबथाेक हाे भनेर साेच भएका ब्यक्तिहरू राेटरीकाे सदस्य नहुने समेत बताउनुभयाे । उहाँले नेपालमा राजा महेन्द्रले १९५९ मा पहिलाे पटक राेटरी भित्र्याएर स्थापना गरेकाे भन्दै त्यसकाे पहिला अध्यक्ष किरणशमशेर जवरा रहेकाे र नेपालमा सन् १९९६ मा नेपाल पहिलाे पटक टुडिखेलमा बृहत् स्वास्थ्य शिबिर, भक्तपुर क्यान्सर अस्पताल, धुलिखेल अस्पताललगायत नेपालकाे नाम चलेका विभिन्न अस्पतालहरूमा सहकार्य गरि काम गरेकाे बताउनुभयाे । कार्यक्रममा राेटरी क्लवहफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रबिक्रम प्रजापतिले मध्यपुरमा राेटरी क्लवकाे स्थापना हालसम्म भएगरेका बिभिन्न गतिबिधिहरूकाे बारेमा जानकारी दिनुभएकाे थियाे । कार्यक्रम क्लवका अध्यक्ष बिनाेद बज्राचार्यकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा १० जना नवअागन्तुक सदस्यहरूलगायत ३५ जना राेटरीयनहरूकाे सक्रिय सहभागिता रहेकाे थियाे ।

Comments