सकियो भक्तपुरमा भएको स्काउट एडभान्स तालिम
जेठ २७, २०७९, शुक्रबार | दिउँसो ०१:४३ बजे | 40
भक्तपुर । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बागमती प्रदेशका १० जिल्लाका ३९ जना विभिन्न बिद्यालयमा कार्यरत स्काउटको शिक्षकहरुलाई एडभान्स तालिमको सहभागीताको प्रमाणपत्र बितरण गर्नुभयो । बागमती प्रदेशका संयोजक शिबराम अर्यालको सभापतित्वमा भएको उक्त समारोहमा कोर्ष नं ४५ र४६ का कोर्ष लिडरद्वय भक्त राजभण्डारी र रामगोपाल कर्माचार्य, प्रदेश सदस्य रसुवा जिल्लाका शिवराम पुदासैनी ,प्रदेश तालिम प्रमुख अच्युत प्रजापतिले तालिमको महतबारेमा प्रकाश पार्नुभएको थियो । समारोहमा एसिया प्रशान्त क्षत्रका कोअरनेटर देबराज घिमिरे, ललितपुर उपमहानगरपालिका स्काउट संयोजक गोपाल महर्जन, भक्तपुर नगर, मध्यपुर, सुर्यबिनायक र चाँगुनरायण नगरपालिका स्थानीय स्काउट संयोजकहरु क्रमशः कृष्णसुन्दर प्रजापति, तुल्सिहरि प्रजापति, शिबकुमार त्वायना र उमेश सिंहको उपस्थिति रहेकोे थियो ।
फाेटाेमा हेर्नुहाेस्...