मुनि विहारमा कुलपुत्रहरूलाई सामुहिक प्रबज्या गरी श्रामणेर प्रदान
जेठ २७, २०७९, शुक्रबार | विहान ०३:११ बजे | 40
मित्र राष्ट्र थाइल्यान्डका १९औं राजगुरू भिक्षु परमपुज्यमुनि विहार (श्री धर्माेत्तम महाविहार ) इनाचोको आयोजनामा २१ जना कुलपुत्रहरूलाई सामुहिक प्रबज्या तथा उपसम्पदा योजनामा समावेश गरी श्रामणेर प्रदान गरेको छ ।
श्रामणेर ग्रहण गर्न कुलपुत्रहरू गृहत्याग गरी विहारमै बस्नुपर्ने हुन्छ । नेपालका बिकट मानिने जिल्ला जाजरकोट, रूकुम, इलाम र काठमाडौं ,भक्तपुरलगाएत जिल्लाबाट श्रामणेर लिन ति बालकहरू आएका हुन । अविभावकले बालकलाई बिहारसम्म ल्याई धर्मगुरूबाट मन्त्र सहितको श्रामणेर ग्रहण गराइ भिक्षा दान गरेपछि कुलपुत्रहरू पुर्णरूपमा श्रामणेर हुन्छन । अतिथि डा इन्दुल केसीद्वारा पहिलो श्रामणेर प्रदान गरेका थिए । केसीले प्राथना अवधिमा बोल्दै सम्पुर्ण कुलपुत्रहरूलाई उज्वल भविष्यको शुभकामना दिएका थिए । धर्मगुरू ले सम्पूर्ण शिश्यहरूलाई मन्त्र उच्चारण गरी, गराई श्रामणेर प्रदानगरी अन्त्यमा भिक्षा दान गर्न लगाई कार्यक्रम समापन गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...