स्काउट एडभान्स तालिमको निरिक्षण
जेठ २६, २०७९, बिहीबार | दिउँसो ०३:५६ बजे | 30
नेपाल स्काउट बागमती प्रदेश स्तरीय ४५अाैं र ४६अाैं स्काउट एडभान्स तालिमको निरिक्षण भक्तपुरका मेयर एबं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापति र उपमेयर एबं स्थानीय प्रमुख स्काउट रजनी जाेशीले गर्नुभयो । सुर्यबिनायक सन्तकृृष्ण अाधारभुट बिद्यालयस्थित सुर्यबिनायक नगरपालिका स्थानीय स्काउट कार्यालय प्राङ्गणमा संचालन भैरहेको तालिमको निरिक्षण गर्नुभयो । तालिमका काेर्ष लिडरद्वय रामगोपाल कर्माचार्य र भक्त राजभण्डारीले स्वागत गर्नुभयो । तालिमको निरिक्षणकाेक्रममा अाबास, प्रशिक्षण कक्षको निरिक्षण गर्नुभयो । काेर्ष लिडर कर्माचार्यले बागमती प्रदेशका ८जिल्लाका ३९ जना स्काउट शिक्षकहरुकाे सहभागिता र २० जना प्रशिकहरु प्रशिक्षणमा संलग्न रहेको बताए । ६ रात ७ दिनसम्म अाबासीय रुपमा हुने रक्याम्प ब्यबस्थापन ,बिपद ब्यबस्थापन, अात्म सुरक्षा र पदयात्रा सम्बन्धि प्रयाेगात्मक प्रशिक्षण दिनेछ ।
फाेटाेमा हेर्नुहाेस्...