ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन हुने


जेठ २६, २०७९, बिहीबार | विहान ०९:५९ बजे | 30


ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन हुने

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपरमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनका उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले आइतबार विहान साढे आठ बजे कलेजमा गर्ने कार्यक्रम तय गरिएको छ । उदघाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख एवं ख्वप मावि एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतका अतिथिहरु रहने कलेजका प्राचार्य रुपक जोशीले जनाए । कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, कार्यक्रम संयोजक सुनिल दुवाल, कमिनिका न्याइच्याईलगायतले पनि बोल्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको क्रममा दुवै दिन विहान आठ बजेदेखि ६ बजेसम्म नै चल्ने जनाइएको छ । सम्मेलनको पहिलो दिन र्दुइ वटा टेक्निकल सेसन र दोश्रो दिन चार वटा टेक्निकल सेसन हुने जनाइएको छ । पहिलो र दोश्रो दुवै दिन कि नोट स्पिकर हुने जनाइएको छ ।
पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा धु्रबुकुमार गौतम र डा रामकुमार फुयाल र दोश्रो दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर विष्टले प्लेनरी सेक्सनमा रहने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा ४० जना भन्दा वढीको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमको अन्तिम दिनको समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवाल रहने कलेजले जनाएको छ ।


Comments