एभरेष्ट स्कुलका विद्यार्थीले गरे इतापाकेको सार्वजनिक ढुंगेधाराको सरसफाई
जेठ २३, २०७९, सोमबार | विहान ११:२५ बजे | 50
भक्तपुर । एक सम्पदा एक स्कुल सरसफाई कार्यक्रम अन्तर्गत भक्तपुरको एउटा स्कुलका विद्यार्थीले स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा) को सरसफाई गरेका छन् । एउटा स्कुललाई नजिकैको एउटा सम्पदाको नियमित सरसफाईको जिम्मेबारी भक्तपुर नगरपालिकाले दिएसँंगै भक्तपुरको एभरेष्ट इगलिश स्कुल मिवाछे व्यासीका विद्यार्थीले नजिकै रहकेो सुकपाली हिटीको सरसफाई गरेका ह्न ।
सरसफाईका लागि स्कुलको कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरुको एउटा समूह त्यहांँ पुगेको थियो । उनीहरुका साथमा चार जना शिक्षकशिक्षिकाहरु पनि सरसफाइका लागि पुगेका थिए । शिक्षकशिक्षिकाहरुको दिशानिर्देशमा छात्रछात्राहरुले सरसफाई गरेका हुन् ।
सधै हातमा कापी, कलप आदि वोक्ने विद्यार्थी हातमा पञ्जा लगाई कुतो, कोदालो, सावेललगयातका सरसफाई गर्न आवश्यक सामान लिएर सरसफाईमा जुटेका हुन् । उनीहरुले त्यहाँं रहेका झारपाट उखेल्ने, वन्द भएको पानीको निकास खोल्ने, जाम भइ वसेको पानी निकाली फाल्नेलगायतका काम गरेका थिए ।
आआफनो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरु पनि छात्रछात्राहरुसँंगै सरसफाईमा सहकार्य गर्न पुगेका थिए । साथै काम सकेपछि उनीहरुले बालबालिकाहरुलाई जुस, दालमोठलायतका खाद्य पदार्थ किनेर खुवाएका थिए । यसअघि सरसफाईका लागि विद्यार्थी गाडा बोकेर त्यहाँं पुगेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका वडा नं २ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुलहरुमध्यै प्रत्येक स्कुललाई नजिकैको एउटाएउटा सम्पदा सफा राख्न पत्राचार गरेको छ । त्यस अनुुसार नगरपालिकाले ती स्कुलहरुसँंग प्रगति विवरण पनि बुझ्न गर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...