स्काउट शिक्षामार्फत् युवालाई दक्ष बनाउन एडभान्स तालिम


जेठ २३, २०७९, सोमबार | विहान ०५:२६ बजे | 60


स्काउट शिक्षामार्फत् युवालाई दक्ष बनाउन एडभान्स तालिम

भक्तपुर । नेपाल स्काउट बागमति प्रदेशले एकहप्ते एडभान्स तालिम आयोजना गरेको छ । बागमति प्रदेशका १३ वटा जिल्लामध्ये ८ वटा जिल्लाका ४० जना प्रशिक्षार्थीहरुका लागि ४५ औं र ४६ औं स्काउट एडभान्स तालिम आयोजना गरेको राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्यले जनाएको छ ।
स्थानीय स्काउट कार्यालय सूर्यविनायकमा आयोजित सो तालिमको आइतबार उदघाटन गर्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले स्काउट शिक्षामार्फत् युवाहरुलाई नैतिकबान, अनुशासित, योग्य र दक्ष नागरिक बनाउन सकिने उदेश्यका साथ स्थानीय पालिकाहरुमार्फत विद्यालय विद्यालयमा स्काउट शिक्षा अनिवार्य गर्न थालेको बताउनुभयो । स्काउट शिक्षाबाटै युवालाई शिप र रोजगार वृद्धिका लागि उहाँले स्थानीय तहहरुको ध्यानाकषर्ण गराउनुभयो ।
नेपाल स्काउट बागमति प्रदेशका संयोजक शिवराम अर्यालको सभापतित्वमा भएको सो तालिम उद्घाटनको अवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईलाई स्काउटको दिक्षान्त शपथ गराएका थिए भने नवनिर्वाचित जनप्रतिनिधीहरु वडा नम्वर ७ र ८ का वडाध्यक्ष रविन्द्र सापकोटा र पुष्पराज बस्नेतलाई बढाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथी भण्डारीले ४५ औ र ४६ औं स्काउट एडभान्स तालिमको कोर्ष लिडरलाई कोर्ष प्रमाणपत्र हस्तान्तरण गरेका थिए । विश्व वातावरण दिवसको अवसर पारेर आयोजित तालिममा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

स्काउट शिक्षामार्फत् युवालाई दक्ष बनाउन एडभान्स तालिम

Comments