विनायकमा विश्व वातावरण दिवस भव्य रुपमा मनाइयो


जेठ २२, २०७९, आइतबार | दिउँसो ०३:४५ बजे | 25


विनायकमा विश्व वातावरण दिवस भव्य रुपमा मनाइयो

मध्यपुर थिमि । आज विश्व वातावरण दिवस तथा नेवा समुदायको वर्षको अन्तिम सांस्कृतिक पर्व सिथि नख ः र राष्ट्रिय पानी दिवशको अवसरमा विनायकका विद्यार्थीहरुबाट सांस्कृतिक सम्पदा (भुलांखेल) सरसफाइ तथा विद्यालय परिसरमा सरसफाइ तथा वृक्षारोपन कार्यक्रम सम्पन्न गरियो । साथै स्कुलका सम्पूर्ण विद्यार्थीहरुबीच वातावरण संरक्षणका निम्ति सचेत बनाउन वातावरण, संरक्षण सम्बन्धी जनचेतनामुलक प्रतियोगिता पनि सम्पन्न गरियो । उक्त प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरियो ।
यस्तो प्रतियोगिता र कार्यक्रमले विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र होइन व्यवहारिक ज्ञान प्रदान गरी वातावरण र समाजप्रति विद्यार्थीहरुको जिम्मेवारी बोध गराउदँछ । यस्तो कार्यक्रम धेरै महत्वपूर्ण हुने भएकोले कार्यक्रम आयोजना गरिदिएकोले विद्यालयलाई धन्यवाद पनि दिनुभयो ।
    

Comments