बनभोज कार्यक्रम बनेपाको चण्डेश्वरी मन्दिरमा सम्पन्न
जेठ २२, २०७९, आइतबार | दिउँसो १२:४१ बजे | 55
आदर्श समूह भक्तपुरको आयोजनामा सदस्य र सदस्य परिवार बीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित चण्डेश्वरी मन्दिरमा रमाइलो बनभोज कार्यक्रम हर्ष उल्लासका साथ सम्पन भयो । कार्यक्रममा आदर्श समूहका संयोजक राजकुमार लघुले सदस्य र सदस्य परिवारको लागि थोरै लगानीमा आर्थिक समृद्धिको लागि समूह स्थापना भएको जानकारी गराउँदै महिला सदस्यहरूको पनि समूह बनाई बिभिन्न किसिमका तालिम मार्फत सदस्यहरुको पनि आर्थिक समृद्धि र आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभयो। ्आ्द्र्श् समूहका सह संयोजक नबिन ग्वाछाले समूहका सदस्यहरूको समूदिका लागि HRN कम्पनी र आदर्श कूलषि फारम दर्ता गरेको जानकारी गराउँदै पेन्सन प्लान अनुसार किनेर गार्डेन तथा बह उदेश्यीय सहकारी संस्था स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो । समूहका सचिव सुन्दर राजचलले समूहलाई ब्यबसायिक रुपमा अगाडि लान प्रयास भइरहेको बताउँदै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । आदर्श समूहका सदस्य हरि सुन्दर सुवालले आदर्श समूह अन्तरगत महिला समूह गठन बारे चर्चा गर्दै समूहको उद्देश्य पुर्तीको लागि महिला दिदी बहिनीहरुको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । सोहि बनभोज कार्यक्रम र भेलाले मनशोभा त्वातिको नेतूत्वमा ११ सदस्मयीय महिला समूह गठन गरियो । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बबी मैया लघु, सचिव प्रेम लक्ष्मी सुवाल, सहसचिवमा रामकेशरी राजचल ,कोषाध्यक्ष कमल केशरी ग्वाछा,सदस्यहरुमा सविना सुवाल,बिष्णुकेशरी सुवाल, लक्ष्मीश्वरी ध्वजू,रत्न केशरी सुवाल, कविता कासुला, मूना सुवाल रहेको छ । कार्यक्रममा सम्हेबजी र बेलुकी डिनर आयोजना गरिएको थियो । सम्हेबजी पश्चात सदस्यहरु हरिरत्न ध्वजु, अरुण सुवाल र कूष्ण प्रसाद दुमरूबाट बिगो खेल खेलाई सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । विगो खेलमा फस्ट रो को पुरस्कार सुजल दुवाल रू.६००/सेकेन्ड रो को पुरस्कार अभि सुवाल रु.६००/ र फूल हाउस पुरस्कार मनिक त्वातिले रु. १२००/ नगद पुरस्कार जित्नू भएको थियो ।नगद पुरस्कार आदर्श समूहका संयोजक राजकुमार लघु र सहसंयोजक नबिन ग्वाछाले बिजेतालाई बितरण गर्नु भएको थियो । कार्यक्रमको ब्यबस्थापन र संयोजन जेष्ठ सदस्य लक्ष्मीनारायण सुवालले गर्नु भएको थियो । मिति : २०७९ जेष्ठ २१ गते शनिबार