भक्तपुर घरेलुले गरयो रक्तदान कार्यक्रम
जेठ २२, २०७९, आइतबार | विहान ०९:३१ बजे | 60
भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघ र अनवरत रक्तदान केन्द्र नेपालको संयुक्त आयोजनमा भक्तपुरको शिद्धपोखरी दुधपाटीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन भयो । उक्त रक्तदान कार्यक्रममा २८ पुरुष तथा ८ जना महिला गरी जम्मा ३६ जना रक्तदाता महानुभावहरुले रक्तदान गरेको जानकारी संघका अध्यक्ष श्री प्रेम खर्बुजाले जानकारी गराउनु भयो । रगतको अभावलाई कमीहुन नदिन नेपाल भरी विभिन्न संघ सस्थाहरुसँगको सहकार्यमा निरन्तर रक्तदान कार्यक्रम गरी रहेको तथा यस पटक भक्तपुर घरेलु तथा साना उद्योग संघ सग सहकार्य गर्न पाएकोमा अनवरत रक्तदान केन्द्रका अध्यक्ष श्री कृष्णप्रसाद सन्जेलज्यूले खुशी भएको बताउनु भयो । भक्तपुर घरेलु तथा साना उद्योग संघले लघु घरेलु तथा साना उद्यमीहरुको प्रवर्द्धन तथा सम्बर्द्धन सगै समय समयमा यसरी विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आईरहेको छ ।