विश्व वातावरण दिवसमा ख्वप कलेजले निकाल्यो ¥याली


जेठ २२, २०७९, आइतबार | विहान ०७:४३ बजे | 50


विश्व वातावरण दिवसमा ख्वप कलेजले निकाल्यो ¥याली

भक्तपुर । विश्व वातावरण दिवसको अवसर पारी ख्वप कलेजले पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताको लागि पृथ्वी बचाऔ, प्रदुषण घटाऔ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौ जस्ता नारा लाउँदै आइतबार भक्तपुरमा ¥याली गरेको छ । कलेजबाट सुरु भएको ¥याली देकोचा, याछें टोल, सुकुलढोका ,पाचतले मन्दिर, वंशगोपाल चोक हुदै दुधपाटीमा रहेको भाज्यपोखरीसम्म पुगेको थियो । त्यहाँं पुगेपछि सहभागीहरु भाज्या पोखरी सरसरफाइमा सहभागी भएका थिए ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष  योगेन्द्रमान बिझुक्छे र वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वलगाएका व्यक्तिहरु सहभागी भएका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ज्याख्वले वातवरण संरक्षण गर्न सबैले पहल गर्नुपर्ने  बताए । भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भैसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनः निर्माणको पर्खाइमा रहेको उनले बताए । साथै आज सिथि नखः पर्व पनि रहेको र सिथि नखः पर्व नेवा ः सभ्यता र संस्कार अनुरुप हरेक वर्ष पाटीपौवा, पोखरी, इनार, ढुङ्गेधारा र कुवाहरुलाई सरसफाईे गर्ने उनले बताए । उनले पानीका श्रोतहरुको सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः पर्व मनाउदै आएको र यसको छुट्टै  विशेष महत्व रहेको पनि बताए ।

Comments