स्वतन्त्र पत्रकार संघको केन्द्रिय अध्यक्षमा पोखराका बास्टोला निर्वाचित
जेठ २१, २०७९, शनिबार | दिउँसो ०३:३१ बजे | 55
कुमार लघु
आज दसौ साधारणसभा र चौथो राष्टिय अधिवेशन शनिबार नवलपुरमा सम्पन्न भएको छ । अधिवेशनले कृष्णप्रसाद बास्टोलाको अध्यक्षतामा १७ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ । बास्टोला यसअघिका पनि अध्यक्ष हुन् । उनी अध्यक्षमा पुनः दोहरिएका हुन् । उनी पोखराका हुन् । पोखराबाट प्रकाशित एउटा दैनिक पत्रिकाका उनी प्रकाशक सम्पादक हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा केवी सम्राट निर्वाचित भएका छन् । साथै महासचिव महेशजंग कुँंवर निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष सम्राट र महासचिव कुँंवर दुवै काठमाडौंबाट हुन् । साथै कोषाध्यक्ष ललितपुरले पाएको छ ।
पहिलो दिनमा नै स्वतन्त्र पत्रकार संघ नेपालको बन्द शत्रले व्यापक छलफल एवम् बहसका साथ नयाँं कार्यसमिति नवनिर्वाचित गरेको हो । अधिवेशनमा १३ जिल्लाको ७७ जना सदस्यहरू उपस्थित भएका थिए ।
अधिवेशनले केन्द्रिय सल्लाहकारमा डा इन्दुल केसीलाई राखिएका छ । उनी भक्तपुरका हुन् । साथै उनी स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक अध्यक्ष पनि हुन् ।
अधिवेशन नवलपुरको मौलाकालिका मन्दिरको सभा हलमा भएको थियो । सर्वसम्मतिपछि निर्णय निर्वाचन समितिको अध्यक्षले पढेर सुनाएका थिए । केही सदस्यहरू र सल्लाहकारहरू अब आउने वैठकले प्रदेश जिल्ला र अंचल हेरेर छर्नाट गर्ने जनाइएको छ ।