एभरेष्ट स्कुलले गरयो नवआगन्तुल विद्यार्थीलाई स्वागत


जेठ २१, २०७९, शनिबार | विहान १०:२७ बजे | 15


एभरेष्ट स्कुलले गरयो नवआगन्तुल विद्यार्थीलाई स्वागत

भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कुलले शनिबार नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ । नयाँं शैक्षिक सत्र भर्ना भएका नयाँं विद्यार्थीलाई स्वागत गरिएको हो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले एक कार्यक्रमवीच उनीहरु नयाँं विद्यार्थीलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा संस्थापक प्रिन्सिपल राजभण्डारीले स्कुलका सम्पूर्ण परिवारहरुको परिचय गराए । स्कुलमा कार्यरत शिक्षक, कर्मचारी सवैलाई समूहसमूहमा मञ्चमा राखेर नामसहित परिचय दिलाएका थिए । आया दिदीहरु, सुरक्षाको समूह, प्रशाशनको समूह अनि शिक्षकहरुको समूहलाई समूहसमूहमा राखी परिचय गराइएको थियो । साथै शिक्षकहरुमा पनि समूहसमूहमा विभाजन गरी साना नानीहरु, त्यो भन्दा माथिल्लो तहमा पढाउने शिक्षकशिक्षिकाहरु ऋनि मावि तहमा पढाउने शिक्षकहरुलाई छुटाछुटै समूहमा राखी परिचय दिलाइएको थियो ।
यसले नयाँं अभिभावकहरुलाई भोलिका दिनमा कुनै समस्या भए राख्न सजिलो हुने विश्वास गरिएको छ । परिचयले स्कुल परिवार र अभिभावकवीच चिनापर्ची हुने र यसले पठपाठन तथा विद्यार्थीको पढाईलाई अझ सहज बनाउने विश्वास गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद     कर्माचार्य, शिक्षासेवी एवं भक्तपुर नगरपालिका वडा नं ५ का निवर्तमान वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामीलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा विद्यार्थीले गीत, नृत्य प्रदर्शन गरी मनोरञ्जन पनि दिलाएका थिए ।     


फाेटाेमा हेर्नुहाेस्...

एभरेष्ट स्कुलले गरयो नवआगन्तुल विद्यार्थीलाई स्वागत

Comments