सकियो गःपली टोल सुधार समितिको दोश्रो अधिवेशन
जेठ २१, २०७९, शनिबार | विहान ०६:२७ बजे | 30
भक्तपुर । गःपली टोल सुधार समितिको दोश्रो अधिवेशन ‘टोलको सुधार गरौं, सभ्यताको परिचय दिऔं’ भने मूल नाराका साथ समितिका अध्यक्ष कृष्णभक्त अवालको सभापतित्व गःपलीमा एक समारोहबीच सम्पन्न कार्यक्रममा रामकृष्ण प्रजापतिको अध्यक्षतामा १३ सदस्यी नयाँ समिति चयन भयो ।
कार्यक्रममा सचिव रामकृष्ण प्रजापतिले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०७२ सालको महाभुकम्प पछि २०७३ मंसिर महिनामा मेरै पहलमा कृष्णभक्त अवालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन पश्चात सरसफाई व्यवस्थापन गर्न कुहिने र नकुहिने छुट्याई संकलन गर्न बाल्टिन वितरण, खानेपानी समस्या समाधान गर्न बाइपास पाइपलाइन विछ्याउने कार्य, बाटोमा ढुङ्गा छपाई कार्य, स्थापना दिवस, स्थास्थ्य शिबिर, तिहारमा दिपाली, सम्य्बजी कार्यक्रम र विभिन्न कार्यलय र संघ संस्थासंग सुमधुर बनाउने उदेश्यले स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित प्रमुख उप्रमुख र वडाध्यक्षहरुलाई बधाई कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको बताउनुभयो । उहाँले गःपलि टोलमा बसोबास गर्ने सबैलाई एकत्रित गरी एकआपसमा सहयोगी भावना जागृत गराई सामाजिक सेवामा लाग्न अभिप्रेरित गर्ने, स्वास्थ्य एवम् वातावरण सुधार गर्ने, कला र संस्कृतिको जगेर्ना र उत्थान गर्ने, खेलकुदको विकास गर्ने, नागरिक भावनाको विकास गर्ने र गराउने, टोलबासीहरुमा समाजिक, शैक्षिक र सांस्कृतिक स्तार उकास्ने उदेश्य लिएको बताउनुभयो । उहाँले “एकले थुकी सुकी, सयले थुकी नदी” भने जस्तै “एकता नै बल हो” हो भन्नुभयो । उहाँले युवाहरुलाई विकृति र विसंगति तथा कुलबाट बचाउन शारीरिक तथा बौद्धिक विकासको लागि खेलकुद र विभिन्न जात्रा पर्व संचालन गर्ने र स्वास्थ्य शिविर संचालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष रविन्द्र श्रेष्ठले आम्दानी रु.९०३८५।– खर्च रु. ७३४०२।– भएको आयव्यय प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका सभापति कृष्णभक्त अवालले टोल सुधार समितिमा निर्वाचितहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै टोलबासीहरुको समस्या समाधन गर्न सकुन भनि कामना गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य रविन छुस्याकी, दिनेश धौबञ्जार, श्रीराम सुवालले पनि बोल्नु भएको थियो भने दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको थियो ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष ः रामकृष्ण प्रजापति, उपाध्यक्ष ः नारायण कृष्ण चित्रकार, सचिव ः रबिन्द्र श्रेष्ठ, कोषाध्यक्ष ः रविन छुस्याकी, सदस्यहरुः कृष्णहरि शिल्पकार, रविन नागा, कृष्णदास श्रेष्ठ, तुल्सी माया नागा, दिनेश धौबञ्जार, विणा मुस्याख्व(अवाल), राजकुमार शाही, कृष्णमाया त्वायना र श्रीराम सुवाल रहेको छ ।