एभरेष्ट स्कुलका विद्यार्थीले राखे धान रोपाइका लागि बीउ


जेठ २०, २०७९, शुक्रबार | दिउँसो १२:२७ बजे | 85


एभरेष्ट स्कुलका विद्यार्थीले राखे धान रोपाइका लागि बीउ

भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थीले शुक्रबार असारमा धान रोप्नका लागि आवश्यक धानको वीउ राखेका छन् । सधै कक्षाकोठाको पढाईमा सिमित हुने उनीहरु फरक भूमिकामा रहेर खेतमा पुगेका थिए । उनीहरुले स्कुल नजिकैको खेतमा पुगेर वीउ हालेका थिए ।
विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसबाट उनीहरुले भविष्यमा यो काम नगरे पनि ज्ञान पाउने विश्वास उनले लिए ।
धानको वीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए । खेतमा पुगेपछि उनीहरुलाई शिक्षिका कबिता पौडेलले वीउ राख्नका लागि आवश्यक सामानहरु देखाउँंदै यसको प्रयोगकोबारेमा जानकारी दिए । साथै अर्का शिक्षिका सुनिता सुवेदी वीउ राख्ने तरिकाबारे जानकारी गराए । यसपछि विद्यार्थीले धानको वीउ राखेका थिए । यसअघि उनीहरुलाई विहीबार नै त्यसबारे कक्षाकोठामा जानकारी दिएको स्कुलले जनाएको छ ।
यही विद्यार्थीले यही बीउको प्रयोग गरी धान रोप्ने छन् । स्कुल नजिकै त्यहाँं स्कुलकै करिव एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन् । साथै उनीहरुले उक्त धान पनि काट्ने छन् ।


फाेटाेमा हेर्नुहाेस्...

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धान रोपाइका लागि बीउ

Comments