भक्तपुर जग्गा प्रकरण ः पक्राउ परेको नेता कार्यकर्ता छाड्न राप्रपाको माग


जेठ २०, २०७९, शुक्रबार | विहान ११:०३ बजे | 45


भक्तपुर जग्गा प्रकरण ः पक्राउ परेको नेता कार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर, २० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमापक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ ।
रफत सञ्चार क्ल बभक्तपुरमाआज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमाआफ्ना नेताकार्यकर्तालाई सुनुयोजित रुपमाफसाइनियमविपरित मुद्धा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।
काठमाडौैं उपत्यका अपराध अनुसन्धानकार्यालयले यही जेठ १३ गते सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमाचाँगुनारायण नगरपालिका–७का७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो ।
कित्तानम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा सहित बैनाबापतपाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमाप्रहरीले पक्राउ गरेको थियो ।
सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीयतहको निर्वाचनमाचाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउपूर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् ।
पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रतापशाहले चुनाव सकिए पछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरुले राप्रपा बिरुद्ध षडयन्त्र गर्दै सुनुयोजित रुपमाफसाएको आरोप लगाउनु भयो ।
देवयानी मुद्धा चलिरहेको यस घट्नामानियमिविपरित दबाब र प्रभाबमा परेर प्रहरीले पक्राउगरि मुद्धा चलाएको आरोप लगाउदै उहाँले २०७७ चैत ३० गते खोटाङको बुइपा—३ का धनिराम राई र रुपसुन्दर चामलिङलाई बैना गरेको उक्तजग्गा२०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमाकायमभएको अबस्थामापनिप्रहरीले सत्य तथ्य अनुसन्धाननगरी पक्राउ गरेको उहाँले जिकिर गर्नु भयो ।
पत्रकार सम्मेलनमा राप्रपाकाजिल्लाअध्यक्षरामशरण लामिछानेलेजग्गा लेनदेनसम्बन्धीजाहेरीवालाधनिराम राईसमेत र पक्राउ परेका अधिकारीको बीचमाभएको सम्झौताअनुसार छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्तजग्गाखरिद बिक्रीको लागि बैनापट्टागरिएपनि २०७८ पुस ३० गतेको अबस्थालाई जोडेर मुद्धा दर्ता गरि राप्रपाका नेताकार्यकर्ता पक्राउ गर्नु वदनियतपूर्ण भएको आरोप लगाउनु भयो ।
जग्गा बैना तीनवर्ष अगाडि नै गरिए पनिबैनावापत राईसमेतले दिएको रकमको चेक बाउन्स भएपनिपक्राउ परेका अधिकारीसमेतले प्रहरीमाउजुरी नगरी सहमतीमै समस्या सुल्झाउनखोज्दाउल्दै राईको समूहले अधिकारीलाई झूटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको दाबी छ । उहाँले तत्कालपक्राउ परेका अधिकारी र गाईजूलाई रिहागरि सत्य तथ्य छानबिन गर्न पत्रकार स्म्मेलनमामाग गर्नु भयो ।

Comments