श्रमिक साप्ताहिक बर्ष २७ अंक ३०, २७ साउन २०७७ अन्तरक्रिया


भदौ ४, २०७७, बिहीबार | विहान १०:०४ बजे | 45


रामकृष्ण प्रजापति
भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा श्रमिक साप्ताहिक बर्ष २७ अंक ३०, २७ साउन २०७७ को अन्तरक्रियाका प्रमुख अतिथिज्यू, अन्य अतिथि गण तथा उपस्थित सम्पूर्ण सहभागी जनप्रतिनिधि एवम् कर्मचारी साथीहरुमा न्यानो अभिवादन।
आजको यस अन्तरक्रियामा मलाई पनि सहभागी हुने मौका दिनु भएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।  ँ
श्रमिक साप्ताहिक आस्थाको पत्रिका रहेकोले यसले कम्युनिष्ट सिद्धान्तमा देखिएको संशोधनवाद र अवसरवादको बारेमा र समाजवादी आन्दोलन अगाडि बढाई सम्यवादसम्म पुग्ने विचार, सिद्धान्त र कम्युनिष्ट आचरणको पक्षका लेखहरु र विस्तारवाद र साम्राज्यवाद विरुद्ध निरन्तर कलम चलाई रहेको पत्रिका हो । यो पत्रिकाले नेपाल मजदुर किसान पार्टीको उद्देश्य वर्ग संघर्षदेखि हरेक सिद्धान्त, विचार र गतिविधिहरु जनता समक्ष पु¥याउने शसक्त माध्यमको रुपमा लिने गरेको छ ।
यस अंकमा यशराजको लेख‘सिद्धान्तशून्यता, नेकपा र पतनको बाटो शिर्षक अहिले नेकपामा देखिएको सिद्धान्तहिन पार्टी एकताले उब्जाएको खिचलो बारे प्रकाशित भएको छ । शासक दल नेकपाका एक नेताले गत साउन २२ गतेको गोरखापत्र दैनिकको विचार स्तम्भमा नेकपाका केन्द्रीय सदस्यले प्रकाशित लेखमा ‘नेपालका राजनीति बुझ्ने सबैलाई थाहा छ, अहिले नेकपा पनि सिद्धान्तहीन पार्टी बनाईएको छ । सबैभन्दा ठूलो पार्टी त भइयो साथै कांग्रेस जस्तो भद्रगोल पनि भईएछ ।’
नेकपा एमाले र माओबादी मिलेर बनेको पार्टी हो । एमाले भाई कांग्रेस भनेर का.रोहितले धेरै पहिले २०५१–५२ सालमा संसदमा घोषणा गरेको थियो भने त्यो भन्दा पहिले मदन भण्डारीको जबज(जनताको बहुदलीय जनवाद) ल्याई सकेपछि शान्तिपूर्ण ढंगले चुनावबाट समाजवाद ल्याउने सिद्धान्त प्रतिपादन गरी संशोधनवादी नीति लिईसकेपछि यो पूँजीवादी पार्टी हो भनेर सर्वसाधारण समेतलाई ठम्याउन गा¥हो भएन । माओ भन्नुहुन्छ “बाड्डाटिड्डा बाटाहरुबाट नहिडी अथवा ठूलठुला जमर्कोहरु नगरिकनै सुविस्ताकासाथ समाजवादको निर्माण गर्ने काम चल्छ र यसले बसी बसी सफलता पाउँछ भन्ने कुरा गर्नु फोस्रो मनगढन्ते कुरामात्र हुनेछ ।” पटक पटक सरकारमा गएर कम्युनिष्ट घोषणापत्र अनुसार काम नगरेको, उत्पादनका साधनहरु समाजिकीकरण गर्नुको साट्टो निजिकरणमा लानुले पनि यो पार्टी पूँजीवादी दलदलमा फसिसकेको छ । कम्युनिष्ट घोषण पत्रमा उल्लेख भए अनुसार मजदुर बर्ग राज्यसत्तामा पुगे सामान्यतयायी१० वटा न्युनतमकार्यक्रमहरु गर्नुपर्ने रहेका छन्ः– १)जमिनदारी प्रथाको अन्त्य, २)देशद्रोहीहरुको सम्पत्ति जफत गर्ने, ३)राष्ट्रिय बैंक खोली सम्पूर्ण कारोबार राज्यको मातहतमा ल्याउने, ४)संचार र यातायातमा राज्यको पूर्ण अधिकार कायम गर्ने, ५)राज्यको मातहतमा कारखाना र उत्पादनका साधनको विस्तार गर्ने, ६)पर्ती जग्गा योजनाबद्ध ढंगले स्वतन्त्र गर्ने र माटोमा सुधार गर्ने, ७)सबैले काम गर्नु पर्ने अनिवार्यता स्थापित गर्ने खासगरी कृषिको निम्ति औद्योगिक सेनाको स्थापना गर्ने, ८)कृषिलाई उद्योगसंग जोड्ने र जनसंख्याको सन्तुलित वितरण गरी विस्तारै सहर र गाउँबीचको भेद हटाउने, ९) सार्वजनिक विद्यालयहरुमा केटाकेटीका लागि निःशुल्क शिक्षा१०) कारखानामा केटाकेटीलाई काम गराउने व्यवस्था अन्त्य गरी शिक्षालाई औद्योगिक उत्पादनसंग जोड्ने आदि सरकारले गर्ने कार्यहरु हुन् । तर नेकपा भन्ने कथित कम्युनिष्ट पार्टी सरकारमा भएर पनि यस्तो केहि काम गरेको देखिदैन् त्यसैले यो सिद्धान्तहीन पार्टी हो । शासन सत्तामा पुगेर देश र जनतको सेवामा काम नगरेको त छदंैछ साथै पू“जीपतिहरुको संचालक समितिको रुपमा पूँजीवादले गर्ने हरेक कार्यमा अग्रसर भयो । यसले के थाहा हुन्छ भने नेकपाले कम्युनिष्ट भनेको जनतालाई झुक्याउने ट्रेडमार्कको रुपमा प्रयोग गरे । जनताले चीनमा माओले १९४९ मा क्रान्ति सफल गरी सकेपछि चीन विश्वको उद्यमान शक्तिको रुपमा अगाडि आएको कारण र रुसमा समाजवादी अक्टोबर क्रान्ति सफल भएपछि त्यहा“को विकासका कारण कम्युनिष्ट व्यवस्थामा जनताका न्युनतम आधारभुत आवश्यकता सरकारले पूर्ति गर्छ र जनताको मुक्तिको बाटो भनेको समाजवादी व्यवस्था र त्यो व्यवस्थाका हिमायती वा उक्त व्यवस्था ल्याउने कम्युनिष्ट व्यवस्था प्रति धेरै नै झुकाब थियो । तर नेपालमा कम्युनिष्ट भनाउदा नेकपाले संशोधनवादी नीति लिएकै कारण जनता भोट बैंक बनाउन कम्युनिष्ट शब्दलाई ट्रेडमार्कको रुपमा प्रयोग गर्दा दुई तिहाईको नेकपाको सरकार हुँदा पनि अहिले विश्व भर कोरोनाको आक्रान्तको समयमा हाम्रो देशमा पनि कोरोना दिन दुई गुणा र रात चौगुणा बढी रहँदा देश र जनताको सुरक्षामा केहि काम गरेको छैन भने पद र पैसाको लागि कुकुर झगडा भइरहेको सबैमा सर्वविदित्तै छ । अहिले नेकपामा देखिएको झगडा सिद्धान्तको निम्ति नभई सत्ता भागबन्दा, नातावाद, कृपावाद, भ्रष्ट्राचार, गुटबन्दीको लागि भनेपनि अतियुक्ति नहोला । यो भनेको पूँजीवादको लक्षण नै हो ।
माओवादी पार्टी पहिला संयुक्त जनमोर्चा, एकता केन्द्र लगायतका केहि पार्टीहरु मिलेर २०५१ सालमा नेकाका शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला ४० सूत्रीय माग राखी सशस्त्र संघर्षमा गएको थियो । तर माओवादीको संघर्षलाई नेमकिपाले अराजकतावादी गतिविधिको रुपमा विरोध गर्दे आएको थियो । यो पनि माक्र्सवादको खोटा विचार वा संशोधनवादी विचार हो भनेर का.रोहितको खोटा विचारको खण्डन पुस्तकमा हामीले पढेका छौं । त्यतिमात्र होइन १२ बर्षे कथित जनयुद्ध भनेको अराजकतावादी गतिविधि भारतको एउटा होटेलमा ८ बर्षसम्म प्रचण्ड र बाबुराम भारत सरकारको संरक्षण र निगरानीमा भएको अहिले भारतीय नेताहरुले बोलेको र पुस्तकहरु प्रकाशित भएबाट प्रष्टिएको छ । माओवादी अण्डा कसले कोरलेको हो त्यो चाहीं थाहा भएन तर चल्ला काढेको भारतले नै हो भनेर कांग्रेस नेताहरुले भनेको भनेर नेमकिपाका सचिव प्रेम सुवालले विभिन्न कार्यक्रममा बताएको हामीले सुनेका छौं । साथै का.रोहित भन्नुहुन्छ भारतीय विस्तारवादले माओवादीहरुको का“धमा बन्दुक राखेर नेपाल र नेपाली सिध्याउने भारतीय शासकहरुको चाल हो । त्यसैले माओवादी ट्रोजन हर्स हो भनेर भन्नुभएको अहिले विस्तारै पुष्टि हुदै गएको छ । माओवादीको सरकार प्रचण्ड र बाबुराम प्रम हु“दा देश हित विपरित र भारतीय स्वार्थ अनुसार धेरै सन्धि सम्झौताहरु गरे । चाहे त्यो प्रचण्डले १०० बर्षको लागि सबै सन्धिहरु पुनाराबलोकन होस वा बाबुरामको विप्पा सम्झौता ।
यी दुई पार्टी एमाले र माओवादी मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टी हो होईन साथै पार्टी एकता गर्दा सिद्धान्तको बहस भन्दा पदको भागबन्दा अगाडि सारेर पार्टी एकता गरेको देखिन्छ । जसले गर्दा अहिले लोभीपापीहरुको सक्कली रुप देखि“दैछ । नेकपा भित्र देखिएको अहिलेको झगडा सिद्धान्त र पद्धति भन्दा भागबन्दाको राजनीति भने कुरा आलोपालो सरकार चलाउने कुरा बाहिर आएको छ । केपि ओली प्रम भएको बेला उसको गुटले मात्रै भ्रष्टाचार गरी अकुत सम्पति कमायो । भोलि चुनाव जसको हातमा पैसा छ उसले जित्ने भएकाले भोलिको चुनावमा केपि गुटका धेरै जितेर आउने भएकाले अरु गुटकाहरु भोलि सरकारको नेतृत्व गर्ने अवसर, भ्रष्टाचार गरी पैसा कमाउने, पद र चुनावको सिट कम हुने भन्ने विषयमा झगडा हो भनेर विभिन्न पत्रपत्रिकामा आइरहेको हामीले पढेका र सुनेका छौं ।
कुनै पनि संघ संस्थाको उदेश्य, विचार र सिद्धान्त हुन्छ । तर अहिले नेकपा फोहर फाल्ने डस्तबिन बनेको छ । जो पनि अट्ने सिद्धान्तहीन पार्टी बनेको छ ।  का.रोहितले “सिद्धान्तहीन र खराब एकताभन्दा झगडा र फुट झन् असल कुरा हो” भन्नुभएको छ । एमाले र माओवादी मिलेर बनेको अहिलेको नेकपाको झगडा यसैको परिणाम हो साथै “प्यास लाग्यो भनेर विष पिउनु गलत हुनेछ” । के कुनै राजनीतिक दल लामो समयसम्म बिनासिद्धान्त बा“च्न सक्छ ? के कुनै सिद्धान्तहीन पार्टी कम्युनिष्ट पार्टी कायम रहिरहन सक्छ ?  स्थापना गर्दा कम्युनिष्ट पार्टी नाम राखेपछि सधैंका लागि कायम रहने धार्मिक संस्था हो र कम्युनिष्ट पार्टी ? त्यसैले लेनिनले “आफूलाई कुनै पनि नाम दिनु एउटा कुरा हो र साच्चै त्यस्तो हुनु अर्कै कुरा हो ।” त्यस्तै “हरेक परिस्थितिमा अल्झिनुभन्दा फुट झन राम्रो छ अल्झिनाले पार्टीको सैद्धान्तिक विचारधारात्मक र क्रान्तिकारी विकासलाई छेकिदिन्छ, पार्टीलाई परिपक्व हुन दिंदैन् ।” भन्नुभएको छ ।यसैमा व्यवहार विषयमा’ माओ भन्नु हुन्छ “हामीसंग सही सिद्धान्त भएर पनि हामी त्यसलाई खाली पढछौंं, दराजमा थन्काउ“छौं मात्र तर कार्यमा प्रयोग गर्दैनौं भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन छ । ज्ञान व्यवहारबाट सुरु हुन्छ र व्यवहारबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरी व्यवहारमा नै फर्कनुपर्छ ।” व्यवहारको महत्व दर्शाउ“दै सर्वहारा वर्गका गुरु स्तालिन भन्नुहुन्छ – “क्रान्तिकारी व्यवहारसित गा“सिएन भने सिद्धान्त निरर्थक हुन्छ, जसरी क्रान्तिकारी सिद्धान्तद्धारा व्यवहारको बाटोमा उज्यालो देखाइएन भने व्यवहार अ“ध्यारोमा छामछाम छुमछुम गरेजस्तो हुन्छ ।” ज्ञान र व्यवहार एक्कै सिक्काका दुई पाटा भएको प्रष्ट पार्दै चिनिया“ उखान “ओडारमा नपसिकन बाघका डमरुलाई तिमी कसरी समात्न सक्छौ ?”
सिद्धान्तलाई व्यवहारमा लागू नगर्दा अहिले कथित कम्युनिष्ट भनाउ“दाहरु सरकारमा रहेर पनि देश र जनताको निम्ति आमुल परिवर्तन हुन नसकेको र संशोधनवाद र अवसरवादमा पतन भई रहेको जग जाहेर छ । नेमकिपा अध्यक्ष का.रोहित भन्नुहुन्छ–“सिद्धान्तमा छुट दिनु भनेको हिमालयमा चिप्लेटी खेल्नुसरह हो ।” साथै “समाजको तल्लो वर्गको निःस्वार्थ सेवाबाहेक हाम्रो कुनै अर्को स्वार्थ छैन ।”
यसो हेर्दा दुई अध्यक्षको अन्तरविरोध जस्तो देखिएकोमा ‘अन्तरविरोधबारे’ माओले भन्नुभयो–“भौतिकवादी द्धन्द्धवाद बमोजिम प्रकृतिमा हुने हेरफेरको मूल कारण विकास नै हो ।” भन्ने“भौतिकवादी द्धन्द्धवाद के ठान्छ भने बाहिरीया कारणहरु कुनै परिवर्तनका सर्तमात्र हुन् भने भित्रिया कारणहरु परिवर्तनका जग(आधार) हुन् । र बाहिरीया कारणहरु भित्रिया कारणहरु मार्फत नै क्रियाशील हुन्छन् । सुहाउदो तापमानमा फुल चल्लामा फेरिन्छ, तर कस्तै तापमानले पनि एउटा ढुड्डालाई चल्लामा फेर्न सक्दैन, किनभने यी दुबैका जग (आधार) नै फरक फरक छन् ।”
माओवादी अराजकतावादी गतिविधि विदेशी उक्साहत जिकिर गर्दे का.रोहित भन्नु हुन्छ – “नेमकिपा विदेशीको खुट्टामा उभिन चाह“दैन ।” साथै माओ भन्नुहुन्छ– “अन्तरविरोध नभएको कुनै चीज छैन, अन्तरविरोध नभई कुनै चीज टिकिरहन सक्दैन ।” भने “अन्तर विरोध सर्वव्यापी र निरपेक्ष हुन्छ, त्यो सबै बस्तुहरुको हुर्काइको प्रक्रियामा सामेल रहन्छ र सबै प्रक्रियाहरुमा थालनीदेखि अन्तसम्म रहिरहन्छ ।” माओको सरल अभिमत “कम्युनिष्ट पार्टी भित्रको अन्तरविरोधको फस्र्यौट आलोचना र स्वआलोचनाको जुक्तिबाट गरिन्छ ।”समाजमा नया“ नया“ अन्तरविरोध देखा पर्ने छ भने यसले सामाजिक तथा राजनीतिक क्रान्तिहरुको जन्म हुने तथ्यपरक ढड्डमा उहा“हरुले विश्लेषण पनि गर्नुभयो । तर नेकपाका अध्यक्षहरुको अन्तरविरोधका कारण नया“ ढंगको परिवर्तनको आशा गर्ने ठाउ“ भने छैन । नेमकिपाको आलोचना सैद्धान्तिक विरोध प्रति समयमै गम्भिरतापूर्वक मनन् नगरि“दा आज देशको बामपन्थी आन्दोलनले ठूलो धक्का अनुभव गर्दैछ । का.रोहितको भनाई अनुसार “कम्युनिष्टहरु पद र पैसाका निम्ति संघर्ष गर्दैनन् । तिनीहरु नाउ“ कमाउन वा ठूलावडा बन्न कम्युनिष्ट भनेका होइन, तिनीहरु क्रान्तिको सेवा गर्न कम्युनिष्ट बनेका हुन् ।”
कार्ल माक्र्सका अनुसार ‘पूँजीवादी समाजको आधारभूत अन्तरविरोध उत्पादनको सामाजिकस्वरुप र स्वामित्वको निजीस्वरुपबीचको अन्तरविरोध होे ।’ उहाले पू“जीपति वर्ग र सर्वहारा वर्गको अन्तरविरोध चकिर्“दै जाने र त्यसले नया“ वर्गविहिन समाजको निर्माण गर्ने विचार तार्किक तथा वैज्ञानिक विश्लेषण सहित प्रस्तुत गर्नुभयो ।
 वर्ग संघर्ष अझै टुङ्गिएको छैन’ भन्नुहुँदै चीनमा ‘समाजवाद या पूँजीवादमध्ये कुन चाहिले आखिरमा गएर जित्ने हो भन्ने कुराको अझै पनि वास्तविकरुपमा छिनोफानो भइसकेको छैन’ भनि प्रस्ट्याउनुभयो । “ माक्र्सवादीहरुले जतासुकैबाट आएको आलोचनादेखि पनि डराउनुहुन्न । बरु त्यसको सट्टामा, उनीहरुले त्यस्ता आलोचनाहरुको सामना गरेर आफुलाई इस्पातझैं खरो पार्नु र विकसित तुल्याउनु परेको छ । संघर्षका आ“धीबेहरीहरुकै माझ जुझेर नौला नौला ठाउँहरु उनीहरले ओगट्नुपरेको छ । गलत विचारधाराको विरोधमा लड्नु सरुवा रोगदेखि बच्ने सुई लिनु सरह हो ।”
सही विचार कहाँबाट आउ“छ ?’ १९६३ को लेख “मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकासबाट खस्छन् ? अह“ । के ती मगजमा सहजै उब्जन्छन् ? अह“ ती त सामाजिक व्यवहारबाट या भन“ू उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।” साथै उहा“ले कार्यकर्ताहरु द्धन्द्धात्मक भौतिकवादी सिद्धान्तबाट प्रशिक्षित हुनुपर्ने र त्यसो भएको खण्डमा मात्र व्यापक दृष्टिकोण निर्माण हुने, अन्तर्राष्ट्रवादी सोचको विकास हुने, संघर्षशील भावनामा कमी नआउने र प्रभावकारी ढङ्गमा आफ्नो भूमिका निर्वाह गरी देश र जनताको सेवा कार्यमा समर्पित बन्न सम्भब हुने बताउनुहुन्छ ।
कान्तिपुर दैनिकमा सरिता तिवारीको ‘निङ्गलेन्ने कम्युनिष्टाक्की’ लेखमा शासक दल नेकपा बारे भनिएको छ ः– “नेपालको कम्युनिष्ट मुख्यधारसंग अब केहीं पनि छैन, लोगो र झण्डाबाहेक । विचार, आन्दोलन, दिशा, लक्ष्य, सपना र निरन्तर क्रान्तिको प्रण केहीं पनि छैन । यो नैतिक, व्यवहारिक, सैद्धान्तिक, हरेक हैसियत शून्यमा खसिसकेको छ । यो संगै हिडेका मजदुर र किसान आन्दोलनहरु, महिला, दलित, मधेसी आन्दोलनहरु, भाषिक आन्दोलनहरु, सा“स्कृतिक आन्दालेनहरु, सबैको उत्तराधिकार र स्वामित्व यसले गुमाई सकेको छ आफ्नै हर्कतले, आफ्नै बेइमानीले ।”
विचार शून्यतामा हराइसकेको नेकपाका धोकेबाज तथा देश र जनताप्रति गैर जिम्मेवार अवसरवादी नेताहरुको अन्त्य पनि संसारका अन्य सिद्धान्तच्यूत तथा धोकेबाजहरुको झैं दुःखद हुनेमा कुनै शंका छैन । तिनको अन्त्यमा कसैले पनि दुई थोपा आँसु समेत चुहाउने छैनन् । बरु क्रान्तिकारी विचारको निरन्तरताका लागि संशोधनवाद तथा अवसरवादविरुद्ध अझ नया“ उत्साह एवम् तयारीका साथ संघर्षमा होमिनुमा गर्वको अनुभव गर्नेछन् ।
साथै नेकपाको भविष्य सरकारको कार्यसम्पादनमा निर्भर रहनेछ । यो सरकारलाई ‘यदि’ ‘तर’ ‘यद्यपि’ भए पनि भन्ने छुट छैन । किनभने, जनताले निर्वाचनमार्फत लोकप्रिय जनादेश दिएका छन् । तर सरकारको एक बर्षको समिक्षा गर्दा सूचकांक निराशाजनक देखिएका छन् । त्यसैले ४७५ मत सहित दुई तिहाईको सरकार भएकाले बर्तमान कम्युनिष्टमय देखिएपनि नेकपाको भविष्य अनिश्चित देखिन्छ । दुईतिहाइले पार्टीको अनन्तकालीन भविष्य विमा गर्ने भए कम्युनिष्ट साम्राज्य पतन भई सोभियत संघ विघटन हुने थिएन ।  
त्यसैले दुईतिहाई नै पार्टीको ‘सुन्दर’ भविष्यको प्रमाणपत्र होइन । अध्यक्षद्धय ओली र दाहालको सत्ता सुख, भोग र देह शान्तिको गति जति तीव्र हुने छ, पार्टी त्यतिनै गतिमा ह्रासोन्मुख हुनेछ । ओली जनता, पार्टीको सिद्धान्त तथा घोषणापत्र र समृद्धिको आफ्नै गायत्री मन्त्र प्रति इमान्दार भएको भए, अभुतपूर्व अवसर पाएका थिए तर ओलीको दुईतिहाइको नशा र अहंकारले उक्त अवसर गुमाइ रहेका छन् सम्भवतः उक्त अवसर नेपालका कम्युनिष्टले कहिले पाउने छैनन् । नेकपाले गर्दा नेमकिपा जस्तो सच्चा कम्युनिष्टहरुलाई समेत अप्ठ्यारो पर्ने निश्चित छ । धन्यवाद !


Comments