काभ्रे जिल्लालाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउनुपर्ने माग


जेठ १९, २०७९, बिहीबार | विहान ०४:३२ बजे | 40


काभ्रे जिल्लालाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउनुपर्ने माग

काभ्रे जिल्लालाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेको ध्यानाकर्षण गराएको छ । जिल्लामा बढ्दै गएको प्रेसर हर्न र ध्वनी प्रदूषणका कारण मानव स्वस्थ्यमा पर्ने जोखिमलाई मध्यनजर गर्दै जिवित फाउण्डेशन नामक एक संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेको ध्यानाकर्षण गराएका हो ।

फाउण्डेशनले काभ्रेमा ध्वनी प्रदुषणको कारणले हुने असरको बारेमा सचेतना कार्यक्रम संचालन गर्ने, सबै निकायको पहलकदमीमा काभ्रेपलाञ्चोक जिल्लालाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउने उदेश्यले मंगलबार जिल्ला प्रशासन कार्यालय काभ्रेमा ध्यानकर्षण पत्र बुझाएको जनाएको छ ।

फाउण्डेशनका अध्यक्ष जितेन्द्र थापाले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानकार्षण पत्र बुझाएका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेढाइँ, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवाल लगायतका उपस्थिति रहेको थियो ।



Comments