आज जेठ १९ ः पूर्व राजा बीरेन्द्रलाई सम्झिदा
जेठ १९, २०७९, बिहीबार | विहान ०४:२४ बजे | 5
सुनील सापकोटा
वि.सं.२०५८ साल जेठ १९ गते राजा बिरेन्द्र र उनको वंश नाश भएको भोलि बीस बर्ष पुग्दैछ । त्यो दिन नेपालको आधुनिक इतिहासमा एउटा ठुलो घटना थियो। त्यो घटना कसले गर्यो वा गरायो भन्ने कुरा अहिले सम्म गर्भमा नै छ जस्तो मलाई लाग्छ।
त्यो घटना मेरोलागि पनि अहिलेसम्म एउटा रहस्यमय नै रहेको छ ।
त्यतिबेला कतिपय विश्लेषकहरुले सो घटना पछी राजतन्त्रको अन्तिम अध्याय शुरु भइ सकेको कुरा विश्लेषण गरेका थिए । त्यो दरबार हत्या काण्डको विषय तिर अहिले म जान्न ।
अहिले हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र छ । यो ब्यवस्था पनि अहिलेका पार्टीहरुका नेताहरुको कारणले गर्दा त्यति सफलता पुर्वक संचालित भएको देखिदैन । तर अफसोस के छ भने अहिले यो ब्यवस्थाको विकल्प पनि देखिदैन । अहिले नेपालका सर्वसाधारण जनताहरु बाहेक अन्य राजनिती गर्ने शिर्ष नेताहरु लाई चाहिँ म पहिलेका नेताहरु भन्दा कमै रास्ट्रवादी देख्छु । त्यस्तै पहिलेका वि.पी. गणेशमान , कृष्ण प्रसाद भट्टराई , पुष्प लाल , मनमोहनअधिकारी, मदन भण्डारी लगायत केही दस बीस नेताहरु र त्यस्तै केही निजामती कर्मचारीहरु र केही पत्रकारहरु पनि रास्ट्रवादी थिए । तर यी भन्दा पनि बढी रास्ट्रवादी चाहिँ नेपालका राजाहरु नै रहेका थिए भन्ने मलाई लाग्छ । यो मेरो ब्यक्तिगत बिचार हो। किनभने राजाको ब्यक्तिगत स्वार्थले पनि उसलाई रास्ट्रवादी हुन करै लाग्छ।
लेख्दा लेख्दै वीपी. कोइराला बारे एउटा प्रसङ्ग याद आयो। भनिन्छ कि भारतले सिक्किम लाई आफ्नो देशमा विलय गरे पछी त्यो बेला भारतमा राजनैतिक शरणार्थीको रुपमा निर्वा सित जीवन ब्यतित गरिरहेका वीपी कोइरालाइ लाई तत्कालीन भारतको प्रधानमन्त्री श्रीमती इन्दिरागान्धीले – “ तपाई लाई म नेपालमा लोकतन्त्र ÷ गणतन्त्र ल्याउन जे पनि सहयोग गर्न तयार छु तर तपाईंले मेरा यी यी कुराहरू वा सर्तहरु मान्नु पर्छ भनी उनको मान्छे द्वारा खबर पठाउँदा वीपी त्यतिखेर झस्केका थिए अरे र उनले त्यो इन्दिरा गान्धीको खबर ल्याउने मानिस लाई “ क्ष ष् जबखभ तय दभ थयगच कभचखभलत चबतजभच तजबल ष् धयगमि दभ कभचखभलत या mथ पष्लन.“ तिमिले पनि वीपीले येस्तो खबर पठाएको छ भन्नू भने है भनेर त्यो खबर ल्याउने मानिस लाई भनेका थिए अरे।
२०३५ सालतिर जब वीपी कोइराला जनमत संग्रहको बेला बहुदलको प्रचार प्रसार गर्दै बिराटनगर आउँनु भएको थियो त्यो बेला एकदिन दिउँसो चार बजे तिर नेपाल बिद्यार्थी संघका केही साथीहरू प्रकाशनेपाली ,उमेश अधिकारी, प्रकाश खडका र म लगायत अरु एकदुई ले वी.पी. सङ मजाले लामो कुरा गर्ने मौका पाएका थियौं र वहाँले मैले त्यसै मेरो घाँटि राजाको घाँटि सङ त्यसै जोडिएको भनेको छैन ,अहिले हामी लाई भारत बाट खतरा छ । म रास्ट्रको लागी ज्यान फ्यालेर त्यसै आएको होइन भनेर हामी लाई धेरै कुराहरु भन्नू भएको थियो। यी कुराहरू लेख्दा लामो हुन्छ , पछी कुनैबेला प्रसङ्ग उठदा लेखुँला । कुराहरु धेरै लेख्नु पर्ने छ मैले। धेरै के लेखुँ ।
अन्त्यमा , स्वर्गीय राजा बिरेन्द्र लगायत दिगंवत राज परिवारका सदश्यहरुमा म हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । जय नेपाल !
फाेटाेमा हेर्नुहाेस्...