ख्वप साकोसमा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन सम्पन्न
जेठ १८, २०७९, बुधबार | विहान ०५:४० बजे | 50
भक्तपुर
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. व्यासीको आयोजनामा संस्थाको कार्यालयमा भक्तपुर नगरपालिकामा नव निर्बाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरलाई विगतमा झै अझ उदाहरणीय बनाउन पहल गर्ने र नेपाल मजदुर किसान पार्टीको घोषणा पत्र अनुसार कार्य योजना अघि बढाउने जानकारी गराउदै देको, मिवा , इतापाखे जग्गा एकिकरण आयोजना छिटो सम्पन्न गरी जग्गा वितरण गर्ने जानकारी दिनुभयो । साथै वडाको विकासमा स्थानिय जनता संग सरसल्लाह गरी ५० लाखको बजेट कार्यन्वयन गर्ने बताउनु भयो ।
संस्थाका सल्लाहकार बालमुकुन्द बासुकलाले प्रतिक्रियाबादी संघ संस्था भित्र प्रवेश गरी जनताको सेवा गने लेनिनबादी नीति अनुसार नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरुले विगत ५० बर्षदेखि भक्तपुरमा विकास निमाणर्मा निस्वार्थ पुर्वक संलग्न रही भक्तपुरलाई आजको अवस्थामा पु¥याएको हो भन्दै निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई शापन र शुभकामना व्यक्त गर्नुभयो ।
अर्का सल्लाहकार कृष्णभक्त लघुले पार्टीको घोषणा पत्र अनुसार कार्य गर्न सकोस भन्ने शुभकामना ब्यक्त गर्दै जनता स“ग सह कार्य गरी विकास निर्माणलाई अझ तिव्रता दिन सकोस भनि निर्बाचित जन प्रतिनिधीहरुलाई बधाई ज्ञापन गर्नु भयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुले निर्बाचित जनप्रतिनिधीहरुलाई माला र खाडा ओढाई बधाई ज्ञापन गर्दै निकट भविष्यमा संस्थाको आ.व. २०७९÷२०८० को बजेट निर्माण र बार्षिक कार्य योजना निर्माण गोष्ठि आयोजना गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश व्यान्जू, सचिव लक्ष्मीनारायण सुवाल लगायतले संस्थाको गतिविधीबारे प्रष्ट पार्दै भक्तपुर नपा वडा नं २ बाट निबार्चित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।