दुवाकोट सडक पुननिर्माणमा ढिलाई हुँंदा स्थानीय हैरान
जेठ १६, २०७९, सोमबार | दिउँसो ०३:४१ बजे | 60
सरिता तामाङ
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोट् क्षेत्रमा बाटोको समस्याले स्थानीय हैरानीमा परेका छन् । वर्षासँंगै बाटै हिडन नमिल्ने गरी समस्या हुँदा आफूहरु हैरान भएको स्थानीय बासिन्दाले बताएका छन् ।
दुई बर्षको बजेट योजानामा बाटो निर्माण सम्पन्न हुन्छ भनी बजेट पास गरेको एक बर्ष हुँदा पनि बाटो थोरै पनि निर्माण नभएको देख्दा त्यहाका वासिन्दाहरु पीडित भएका छन् । कुलो खन्ने निहुमा दायाँबायाँ खनेर झन बाटो लथालिङ्ग पारेका छन् ।
यहाँं ठूलो समस्या भनेको पानी पर्दा हिंड्न् अत्यन्तै कठिन हुनु हो । स्थानीय मेनुका महतले पानी परेसँंगै मानिस र गाडी दुवै हिडन नहुने समस्या हुने बताइन् ।
बाटो चिप्लेर गाडी पनि ४५ मिनिट्को फरकमा मात्रै चल्नाले गाडी चढ्न कठिनाई हुने गरेको उनले सुनाइन् । ,विद्यार्थीलाई विद्यालय जान आउन यसकारण विशेष गाह्रो हुने गरेको उनले सुनाइन् । चिप्लिएर बाइक स्कुटरहरुको समेत दुर्घटना भएको उनी जनाउँंछिन् ।
अर्का स्थानीय रेजिना पौडेलले बाटो खन्ने निहुमा ६ महिनादेखि पानी नआएको जनाइन् । त्यस ठाउँमा पानी पर्दा पनि समस्या र नपर्दा पनि समस्या रहेको उनले बताइन् ।
पानी पर्दा बाटो चिप्लिन्छ भने नपर्दा धुलोले हुनसम्मको दुख उनले उनले सुनाइन् । सरकारले सडकको बीचबइचमा कुलो निकासा र दैनिक रुपमा कामदारहरुलाई काममा निरन्तता काम गरे समस्याबाट छिटै मुक्ति मिल्ने उनी सुनाउँंछिन् ।
सल्लाघारीबाट दुवाकोट जाने यो बाटो चागुनारायण नगरपालिका वडा न .१,२,३ मा पर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...