ल्यायम्ह पुचः थिमि मध्यपुर थिमिले स्थानीय तहकाे निर्वाचनमा निर्वाचित जनप्रतिनिहरूलाई सम्मान तथा बधाई
जेठ १५, २०७९, आइतबार | दिउँसो ०१:०९ बजे | 60
ल्यायम्ह पुचः थिमि मध्यपुर थिमिले स्थानीय तहकाे निर्वाचनमा निर्वाचित जनप्रतिनिहरूलाई अाज जेष्ठ १५ गते सम्मान तथा बधाई कार्यक्रमकाे अायाेजना गरेकाे छ। कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजयकृष्ण श्रेष्ठले पुचःले नगरकाे कला संस्कृतिकाे संरक्षण, सम्बर्दन तथा प्रचारप्रसारमा खेलेकाे महत्त्वपूर्ण भुमिकाकाे बिषयमा चर्चा गर्दै अागामी दिनमा पुचःले गरिने साँस्कृतिक कार्यक्रममा नगरपालिकाकाे साथ र सहयाेग रहने अाश्वान दिनु भएकाे थियाे । कार्यक्रम पुचःका अध्यक्ष बिजय श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे भने कार्यक्रम पश्चात् लसता भ्वयकाे समेत अायाेजना गरेकाे कार्यक्रम संयाेजक तथा पुचःकै पुर्वअध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ ।