हराइरहेको तारा एयरको जहाज भेटिए
जेठ १५, २०७९, आइतबार | विहान ०९:२७ बजे | 65
हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ ।
संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको लोकान्तरलाई जानकारी दिए ।
उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर जान सकिएको छैन ।’
दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ ।