स्काउटद्वारा भक्तपुर नगर प्रमुख र उपप्रमुखलाई बधाई
जेठ १४, २०७९, शनिबार | साँझ ०४:२२ बजे | 65
भक्तपुर । नेपाल स्काउट वागमती प्रदेश स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाबाट हालै सम्पन स्थानीय निर्वाचनबाट नवनिर्वाचित नगर प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री सुनिल प्रजापति र उप प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री रजनी जोशीलाई एक कार्यक्रमका साथ बधाई तथा शुभकामना कार्यक्रम हिजो सम्पन्न भयो ।उक्त कार्यक्रममा निर्वाचित प्रमुख र उपप्रमुखलाई वागमती प्रदेश स्काउटका सल्लाहकार एवं पूर्व राष्ट्रिय सचिव श्री राम गोपाल कर्माचार्यबाट खादा र भक्तपुर स्थानीय स्काउट तदर्थ समितिका संयोजक श्री कृष्ण सुन्दर प्रजापतिबाट पूmलको माला र पूmलको गुछा दिई बधाई दिनु भएको थियो ।स्थानीय संयोजक श्री कृष्ण सुन्दर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एवं नवनिर्वाचित नगरप्रमुख श्री सुनिल प्रजापतिबाट हालका दिनमा युवाहरुमा नैतिक शिक्षाको कमि आएको साथै अनुशासित समाज निर्माणका लागी स्काउट शिक्षा अपरिहार्य रहेको र यस शैक्षिक सत्रबाट भक्तपुर नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा स्काउट शिक्षा लागू गर्न सक्दो सहयोग गर्नुका साथै धेरै स्काउटहरु बनाउन जोड दिनुु भयो ।कार्यक्रममा उपप्रमुख श्री रजनी जोशीले आफुलाई स्काउट भन्ने वित्तिकै भित्रि मनदेखि विश्वासिलो अनि अनुशासित व्यक्तित्व भन्ने लाग्ने र स्काउटले जीवन उपयोगी शिक्षा दिने भएकोले हरेक बालबालिकाहरुले स्काउट शिक्षा लिनु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै अतिथी श्री राम गोपाल कर्माचार्यले हरेक आपद विपदमा सेवा गर्दै आएको र नगरपालिकाका कार्यक्रमहरुमा पनि सहकार्य गर्दै अगाडि बढिरहेको र स्काउटले आफ्नो अभिभावक पाएकोले आउँदा दिनहरुमा अझ बृहत रुपमा स्काउटिंग शिक्षाले गति लिने विश्वास व्यक्त गर्नु भयो ।सो कार्यक्रममा स्थानीय संयोजकबाट निर्वाचित प्रमुख र उपप्रमुखलाई उपहार प्रदान गर्नु भएको थियो ।उक्त कार्यक्रममा वागमती प्रदेश सदस्य श्री अच्युत प्रजापति,सूर्यविनायक स्थानीय संयोजक श्री शिव कुुमार त्वायना,चाँगुनारायण स्थानीय संयोजक श्री उमेश प्रसाद सिंह,मध्यपुर थिमी स्थानीय कार्यवाहक संयोजक श्री तुल्सीहरी प्रजापतिको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य स्थानीय तदर्थ समिती सदस्य श्री बालकृष्ण बनमालाले दिनु भएको थियो ।कार्यक्रममा सभापतिको मन्तव्य दिदै श्री कृष्ण सुन्दर प्रजापतिले नेपाल स्काउटको परिमार्जित ऐन नियम बमोजिम स्थानीय स्काउट कार्यालयलाई बजेत र कार्यक्रमको विनियोजन गरिदिनु पर्नेमा जोड दिनु हुदै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथी लगाएत स्काउटर एवं रोभर रेञ्जरहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम रत्ना चवालले सञ्चालन गर्नुभएको थियो ।