भक्तपुरमा शिक्षा, स्वास्थ्य र सम्पदामा क्रान्ति भयो ः प्रजापति


जेठ १४, २०७९, शनिबार | दिउँसो ०१:४७ बजे | 40


भक्तपुरमा शिक्षा, स्वास्थ्य र सम्पदामा क्रान्ति भयो ः प्रजापति

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदबारहरु जित्नु आफूलाई ठूला भनिएका राजनीतिक दलहरुको असफल भएको प्रमाण भएको बताएका छन् । निर्वाचत बिचार र सिद्धान्तको लडाई भन्दै सुवालले कुनै सिद्धान्तमा नरहेका उम्मेदबारहरु जित्नु भनेको राजनीतिक दलहरुले आफनो सिद्धान्त बुझाउन नसक्नु रहेको बताए ।
भक्तपुर युवा टिम गोल्मढी भक्तपुरले भक्तपुर नगरपालिकामा नवनिर्वाचित पदाधिकारीलाई दिएका बधाई तथा शुभकामना कार्यक्रममा सुवालले राजनीतिक दलहरुले चुनावमा विचार र सिद्धान्तको प्रचारप्रसार नगर्न विडम्वनाको विषय भएको बताए । चुनाव जसरी पनि जित्ने मनसायले सिद्धान्तहिन गठबन्धन हुनु ठूलो दुःखको कुरा हो, उनले भने, ठूला दलहरुको यही असैद्धान्तिक गठबन्धनले चुनावमा मतदाताहरु ल्हरको भरमा जाने गर्दछ ।
यही लहरको सिलसिला नै बालेनहरु जस्ता स्वतन्त्र उम्मेदबारहरु जितेको उनले बताए । उनले राजनीति विचारको लडाई नभएपछि यसरी भोट ह्विम (लहड) मा जाने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा क्रान्ति भएको दावी गरे ।

Comments