समय बचतले दियो नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई
जेठ १४, २०७९, शनिबार | दिउँसो ०१:१५ बजे | 65
भक्तपुर । समय वचत तथा श्रृण सहकारी सस्था लिमिडेट च्याम्हासिंह रोड ८ भक्तपुरले शनिबार भक्तपुरमा संस्थाको १२ औ स्थापना दिवस तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजूको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपमेयर रजनी जोशी, वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजू, वडा सदस्य सुमित्रा बोहजू, कृष्णलाल किसी, रामसुन्दर बासीलगायतका अतिथि रहेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...