अव नगरमा पानीको अभाव हुन दिन्न ः प्रजापति


जेठ १४, २०७९, शनिबार | विहान ०३:५४ बजे | 50


अव नगरमा पानीको अभाव हुन दिन्न ः प्रजापति

भक्तपुर । नेमकिपा २ वडा ब्यासी ईकाई समितिको आयोजनामा भक्तपुर नगरपालिकामा नव निर्वाचित मेयर उपमेयर,२ वडाका वडा अध्यक्ष र सदस्यहरुलाई  मत दिने मतदाता, सहयोगी तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नपाका नव निर्वाचित मेयर सुनिल प्रजापतिले भक्तपर  नगरका  शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणको कारण नेपालभरमा उत्कृष्ट भएको हो ।  भक्तपुर नगरमा मेलम्चीको पानि ल्याएको बताउदै नगरमा पानीको अभाव हुन नदिने हो । जनताको सेवा भन्नेको शिक्षा स्वास्थ्य सम्पदा संरक्षणमा निस्वार्थ सेवा गर्ने हो । देको मिबा,इतापाखे आयोजना बारे चर्चा गर्दै  प्रत्येक ५० पचास बर्ष मा आउने बाढीको प्रभाब लाई बैज्ञानिक मुल्यांकन गरी खोला छेउमा  अग्लो पर्खाल निर्माण गरेको गरेको बताउनुभयो । प्लानिङ्ग को बिषयमा गलत प्रचार गरेको बताउदै कागले कान लग्यो भनि  प्रचार गरेको पहिला आफ्नो कान नछामी कान खोज्न जानु भयन भन्नुभयो । ख्वप अस्पतालको बिकास बारे चर्चा गर्दै २५ शैयाको बेडको अस्पताल शूरु भएको  र मेडिकल कलेज स्थापना को लागि निरन्तर कार्य अगाडि बढीइरहेको  र भक्तपुको ख्वप मोडेल बारे राष्ट्रभर प्रचार भैरहेको बताउनुभयो । भक्तपुर नगरपालिका उपमेयर रजनी जोशीले अग्रजहरुले भक्तपुर नगर बिकासमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै ख्वप बिश्व विद्यालय स्थापनाको लागि प्रयास भइरहेको र मेडिकल कलेज स्थापना गरी भक्तपुरलाई ज्ञान बिज्ञान प्रबिधि व अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । नेमकिपा वडानं २ का अध्यक्ष गणेश प्रसाद सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भक्तपुर नगरका इन्चार्ज नारायण बहादुर दुवाल, भक्तपुर नपा वडानं २का वडा अध्यक्ष हरिप्रसाद बासुकला, शिक्षा सेबी बालमुकुन्द बासकला, स्थानीय राजकुमार लघु, सिद्धीराम सुवाल लगायतले मादल चिन्हमा छाप लगाई नेमकिपा का उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनु भएकोमा मतदाताहरुलाई धन्यवाद र नव निर्वाचित मेयर उपमेयर र वडा अध्यक्ष र वडा सदस्यहरु वधाइ ज्ञापन गर्नु भएको थियो ।

Comments