दिनभरि कांग्रेस रात परेपछि कम्युनिष्ट भइ आफनै उम्मदेवरहरुलाई हराउनेमाथि कारबाही सुरु
जेठ १२, २०७९, बिहीबार | विहान ०५:३० बजे | 50
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावमा उम्मेदवार छनोटमा गल्ती भएको स्विकार गर्दै आगामी प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीले सही उम्मेदवार छनोट गर्ने बताउनुभयो । नेपाली कांग्रेस भक्तपुर शाखाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले भने, स्थानीय बिर्वाचनबाट थाहा भयो कांग्रेसलाई मतदान गर्ने संख्या बढेको । उहाँले आगामी मंसिर र फागुनमा प्रदेश र संघको निर्वात हुन्छ । त्यसको निर्णय यो सरकारले गर्छ । त्यसैले सबै कार्यकर्ताहरुलाई तयारमा लाग्न निर्देशन दिनुभयो ।
कम्युनिष्टहरुले आफ्नो घर झगडा मिलाउन नसक्दा ५ बर्ष देश चलाउने जिम्मा पाएको अवसर सदुपयोग नगरेको आरोप लगाउँदै झन्दै देश दुर्घट्नातर्फ गएको बताउनुभयो । कम्युनिष्ट पार्टी असफल भएको कारण कांग्रेसको हातमा जिम्मेलारी आइपुगेको बताउनु भयो ।
त्यस्तै भक्तपुर जल्ला सभापति दुर्लभ थापाले यो स्थानीय निर्वाचनमा पार्टीका अन्र्तघाट गर्ने सबैलाई आजैबाट कारवाही शुरु गर्ने कुरा बताउनुभयो । आफु मात्र सक्षम हो भनी पार्टीले टिकट दिएका उम्मेदवारलाई हराउँन अरु पार्टीसँग मिलेर भोत बेचेर आफ्नै साथीको र पार्टीलाइ अन्र्तघाट गर्नेहरु एकछिन पनि पार्टीमा रहने अधिकार नभएको आक्रोस ब्यक्त गर्नुभयो । अन्तरघाटीहरुको सब प्रामाण सहित पार्टी कार्यालयमा आईसकेको बताउँदै दिनभरि कांग्रेस रात परेपछि कम्युनिष्टको चाकरी गरी आफ्नै पार्टीका उम्मदेवर हराउन लागिपरेका सबैलाई पार्टीले कारवाही गरिने बताउँनुभयो ।
कार्यक्रममा सम्पूर्ण निर्वाचित उम्मेदवारहरुलाई प्रमुख अतिथि महामन्त्री गगन थापाले गलबन्दी लगाई दिएको र जिल्ला सभापती दुर्लभ थापाले बिजयको प्रतिक रातो टिका लागाई बधाई तथा शुभकामना दिएको थियो । भक्तपुर जिल्लामा नेपाली कांग्रेसबाट मध्यपुर नगरपालिका, सुर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा वडाध्यक्ष, सदस्य, महिला सदश्य, दलित सदश्य गरी जम्मा ६५ जना निर्वाचित भएको थियो ।