लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने


जेठ ११, २०७९, बुधबार | विहान ०४:२१ बजे | 35


लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ । संकायले हालै एक विज्ञप्ति प्रकाशित गरी सो कुरा जनाएको हो ।
नेपाली साहित्यमा बौद्ध दर्शन, गौतम बुद्धको जीवनी, बुद्धकालीन, घटना तथा जातक कथाहरुको प्रबद्र्धन गर्ने हेतुले गर्न लागिएको सो प्रतियोगिताको लागि यही जेठ २८ गतेभित्र कथाहरु पठाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।
मूल्यांकन समितिबाट उत्कृष्ट ठहरिएका पाँच जना सहित अन्य दसजनालाई सान्त्वना पुरस्कार दिइने छ भने कथाहरुको लागि बाह्र सयदेखि पन्ध्रसय सम्म शब्द सीमा तोकिएको छ ।
संकायले पुरस्कृत कथाहरुको पुस्तक पनि निकाल्ने जानकारी दिएको छ ।  
प्रिति फन्टमा टाइप गरी कथाहरु पठाउन भनिएको छ ।

Comments