चाँंगुनारायणमा नयाँं मेयर आएसँंगै अनधिकृत प्लटिङ रोक्न निर्देशन (सूचनासहित)

जेठ १०, २०७९, मङ्गलबार | दिउँसो १२:२६ बजे | 35

चाँंगुनारायणमा नयाँं मेयर आएसँंगै अनधिकृत प्लटिङ रोक्न निर्देशन (सूचनासहित)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले अनधिकृत प्लटिङमा रोक लगाएको छ ।
नगरपालिकाको वडा नं १ देखि ९ नम्बरसम्म विभिन्न नाममा भइरहेका जग्गा प्लटिङ कार्य नगरपालिकाले मंगलबार सूचना जारी गरी रोक लगाएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणसँंग चाँगुनारायण नपामा ९२ ठाउँमा अवैध प्लटिङ भइरहेको तथ्यांक छ । सूचनामा जग्गा प्लटिङ नगर्न, माटो कटान र निकासी नगर्न तथा जग्गा नसम्याउन सबैमा जानकारी गराएको छ ।
नगरक्षेत्रमा अनाधिकृतरुमा जग्गा सम्याउने, प्लटिङ गर्ने, माटो कटानी तथा निकासी गर्ने कार्य नगर्न, नगराउनु हुन नगरवासीहरुमा अनुरोध छ, सूचनामा भनिएको छ ।
सूचनामा भनिए पनि अहिले पनि नगरपालिकाका विभिन्न वडाका टोलहरूमा डोजर चलिरहेका छन्, माटो कटान कार्य भइरहेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

चाँंगुनारायणमा नयाँं मेयर आएसँंगै अनधिकृत प्लटिङ रोक्न निर्देशन (सूचनासहित)

Comments