रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले गरे पदभार ग्रहण


जेठ १०, २०७९, मङ्गलबार | विहान ०४:२७ बजे | 35


रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले गरे पदभार ग्रहण

संगम लामा
काभ्रे ः काभ्रेको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर वाईवाले पदभार ग्रहण गरेका छन्।
पालिका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहणसंगै पहिलो निर्णय जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको छ । पालिका अध्यक्ष लामाले
रोशी गाउँपालिकाभित्र रहेका ६० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकालाइ निःशुल्क स्वास्थ बिमा गर्ने पहिलो निर्णय गरिएको जनाए ।
रोशीमा ३ हजार २ सयभन्दा बढी जेष्ठ नगारिकहरु छन्। उनीहरुको स्वास्थको नजर गर्दै निःशुल्का बिमा गर्ने पहिलो निर्णय गरेको लामाले बताए।
रोशी गाउँपालिकामा १२ वडा रहेका छन्।


Comments