वागीश्वरी कलेजमा ८ दिने सीप विकास तालिम सम्पन्न


जेठ ९, २०७९, सोमबार | दिउँसो ०२:०० बजे | 15


वागीश्वरी कलेजमा ८ दिने सीप विकास तालिम सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सीप अभिवृद्धिलाई लक्षित गरी बैशाख २० गतेबाट सुरु भएको स्कील डेभलोपमेन्ट तालिमको समापन कार्यक्रम सोमबार सम्पन्न भयो ।
समापन कार्यक्रमका अतिथि ज्ञानसागर प्रजापतिले क्षमता र सीपविनाको शिक्षा वा शैक्षिक योग्यता कागजको खोस्तो बराबर हुने बताउदै विद्यार्थीहरुले शिक्षासग समय सुहाउदो सीप सिकी क्षमता अभिवृद्धि गरे भविष्य सफल हुने बताउनुभयो ।
व्यावसायिक सीप विकास तालिमलाई पाठ्यक्रमसग जोडी विश्वविद्यालयको कोर्षसग अगाडि लान सके देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उहाले बताउनुभयो ।
अतिथि प्रजापतिले तालिमका स्रोतव्यक्तिहरु मानव संशाधन व्यवस्थापक रुविना प्रजापति, शैक्षिक परामर्शदाता प्रेम थापा, चार्टर एकाउन्टेन्ट मिरा पोख्रेल र व्यावसायिक तथा मानव संशाधन परामर्शदाता पुजा डंगोललाई मायाको चिनो र तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलेजका शिक्षक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।


Comments