भक्तपुरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्धको जुलुश कमलविनायकबाट सुरु


जेठ ९, २०७९, सोमबार | दिउँसो १२:१४ बजे | 35


भक्तपुरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्धको जुलुश कमलविनायकबाट सुरु

भक्तपुर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सोमबार भक्तपुरमा विरोध जुलुश सुरु भएको छ । जुलुश कमलविनायकबाट साँंझ सुरु गरिएको हो ।
नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकार विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रुपमा जुलश तथा सभा गरेको हो ।
जुलुश भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु भएको हो । कमलविनायकबाट सुरु भएको जुलुशले नगर परिक्रमा गर्ने जनाइएको छ । जुलुश सूर्यविनायकमा पुगेर टुंगिने जनाइएको छ ।
जुलुशपछि सूर्यविनायकमा सभा पनि हुने भएको छ । सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष सुरेन्द्रराज गोसाइ, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले बोल्ने कार्यक्रम तय गरिएको छ ।,
सरकारले आइतबार मात्रै पेटोल डिजेलमा प्रतिलिटर दसदस रुपैयाँं र ग्यासमा प्रतिशिलिण्डर दुई सय रुपैयाँं मूल्य बढाएको थियो । एकै हप्ता गरिएको यो तेश्रो मूल्यबृद्धि थियो ।

Comments