०७९ को स्वतन्त्रको स्थिति
जेठ ९, २०७९, सोमबार | विहान ०४:५२ बजे | 15
कुमार लघु
नेपालको भक्तपुर जिल्ला देशकै सानो जिल्ला हो । यो कसैले कसैलाई भनी रहनु नपर्ला । तैपनि मैले सबैलाई अवगत गराए । ठिकै लागेको हुनुपर्छ । भक्तपुरमा काठमाण्डूको स्थिती नआओस् । काठमाण्डूमा जति पनि मै ठूलो पार्टीको नेता भने पनि काडमाण्डूको जनताले ठूला राष्ट्यि पार्टी भनाउँदाको चुनावमा सो पार्टीका उमेदवारलाई मन पराएन् ।
यो व्यवहारले देखाई दिएको छ । मेरो साथी एमालेमा धेरै वर्ष खटेर अहिले एकस्टामा वसेको मित्रले लेख्नु भएको छ, पार्टीका नेता भनाउँदाहरू त पटुचामा पानी खाएर मरे पनि भयो भनी । केही दिन त्यो सेन्समा केही वाक्य फेसवुकमा राख्नु भएको देखेको थिए । जनताले पार्टीको कुनै नेतालाई पनि पत्याएन हो ! कति ठाउँमा स्वतन्त्रले जितेको समयले देखायो । अब जितेका जनप्रतिनिधीले जनताको निम्ति काम गरेर देखाओ । नत्र भक्तपुरमा पनि स्वतन्त्र उमेदवारहरू आउन बेर छैन भनी युवाहरूले टिप्पणी गर्न थालेको यत्रतत्र सुन थालेको छ ।
वैशाखको ३० गतेको चुनावमा जितेकाहरूले नगरपालिकामा बसेर जनताको सेवा गरेर जनताको निम्ति आफ्ना जिवनको समय देऊ । नगरको नगरपालिकामा हाम्रा पूर्खाले नासो राखेको घर मन्दिर गेट वाटोघाटो इनार फलैचा पौवा पुल चौतारो पोखरी ढुङ्गेघारा नदीनाला शहर वस्ती कला सँस्कृति शिक्षा स्वास्थ , अस्पतालहरू वातावरण पहिरण देश र नगरको आँखाले भ्याउने जति संरक्षण गरि देऊ । जनताको चाहना के छ टोलटोलमा बुझ जनताहरूको चाहना र आवाज मुताविक काम सम्पन गरिदेऊ ।
मेरो चाहना जनताले चाहेको र अनुसन्धान गरि पत्ता लगाई राजनैतिक पार्टीका उमेदवारहरूले समय परिस्थीती वुझि जनताको निम्ति कार्य गरिदेऊ भनेको हो । चुनावमा जितेकोले पनि जनताको निम्ति आफू मैन बत्ति झै बलेर गोरेटोमा बाटोसोझ्याई देऊ ।
भक्तपुरमा पनि फेसवुकमा देखिन थाली सकेको छ । पश्चाताप गर्न नपर्ने गरीकन कामको आसा गर्दछु । समाजमा जो पायो उहीँ उमेदवारहरूलाई हामीले देखिसकेको छ । समाजले पनि जो कोहिले देखि सकेको छ । काठमाण्डूमा अहिले पार्टीको उमेदवारलाई मुनि पारेर आफू स्वतन्त्र उमेदवारले काठमाण्डू बासीको मन र मतले जितिरहेकाछन् हो ? अहिले जितिनेले पनि जनताको मत कति लियौ । पहिलाको दाँजोमा अहिले बढि आयो कि घटे ? खोई क्यालकुलेशन ? प्रमुख र उपप्रमुख को र हरेक वडाको अध्यक्ष र सदस्यहरूले पाएको मत तुलना गरेर हेर्नू होला । त्यहि हिसावले उमेदवारले व्यवहार र काम गराईमा फराकिलो पन ल्याउन परेको सल्लाह दिन चाहान्छु जनताहरू ।
हो निकै खट्नु भएको होला । नेमकिपाको विरूध्द टोलवासी र जिल्लावासीहरू टाढा भई हामी संगै नै जोडी खोजेर यो चुनावमा स्वतन्त्र र अर्कै पार्टीको सदस्यता लिएर र आफ्नै साथीहरू विरूध्द अहिले नै उठ्न थालेको छ । जस्तो २ वडामा नै देखियो दुई जना उठे विपक्ष भएर । अध्यक्ष, सदस्यहरू, प्रमुख ,उपप्रमुखमा नगरमा यस्तै छ भने जिल्लामा अरू नगरपालिका जस्तै सूर्य विनायकमा,चाँगुनारायण र मध्यपुरमा किन नेमकिपाले प्रगती र मेयर, उपमेयरसित जित्न सकेन यो कुरामा पार्टी र कार्यकर्ताले सोच्नु पर्ने वेला र समीक्षा गर्ने हो कि ? भक्तपुर जिल्लाको अरू नगरपालिकामा अर्कै पार्टीकोले जितेर ठूलो सफलता उठाएको छ । अहिलेदेखि काम गरेर पाँच वर्षलाई सबैले तयार गर्न अगाडि वढ्नुपर्छ । जवाना फरक छ । नयाँ पुस्ताको चाहना अर्कै हुन्छ । जस्तो भनौ नगरमा कर तिर्ने कम्प्युटरको माध्यमले ,नक्शा पास गर्ने कम्प्युटरको माध्यमले नगरको गतिविधी जनताले थाहा लिने कम्प्युटरले चिठ्ठीहरू दर्ता गर्ने आदी इत्यादीमा अनुभव लिन्दा गतिलै होला । भोलिका दिनमा पश्चाताप गर्न नपरोस् । अहिले नि नगरपालिकाको काममा जनताले असन्तोष व्यक्त गर्ने गरेको पाईन्छ । आजको दिनमा पनि त स्वतन्त्र मयेर उप–मेयरहरू देखिन थाल्यो । त्यो ईश्याको रूपमा होस् वा हाँक देखाउनलाई होस् स्वतन्त्र देखिन थाल्यो है । तर यहाँ भक्तपुरमा अझै ५० वर्षलाई सितीपिती अरू पार्टीले जित्न सक्ने छाटकाट मैले पनि भेटाउन सकिन है । किन कि नेपाल मजदुर किसान पार्टीले चुनावमा जितेर जनताको निम्ति नै मरिमेटेर काम गरेको छ है भनशत्रुले पनि कर लाग्ने गरि विगतमा जनताले चयन भएको प्रतिनिधिहरुले काम घाम जतिकै भक्तपुर वासी ,नगरवासीलाई र विश्र्वबाट भक्तपुर घुम्न आउने पर्यटकलाई समेत थाहा लाग्याछ । तै पनि युवा पुस्ताहरूलाई र संसारमा पक्ष विपक्षलाई समेत लपक्क हुने तवरले भक्तपुर नगरलाई नयाँ जनप्रतिनिधिको टोलीले आधुनिक जमाना अनुसार नगरलाई र नगरवासीलाई आकर्षक ढंगले अगाडि बढ्ने आसा गर्न सकिन्छ ।
जनतालाई घोषणा पत्रमा दिएको वचन अनुसार जतानलाई अझै पूर्व अभ्यासहरू थालेर आर्काे चुनावमा पनि जितको आसा गर्न लायक होस् ।
भक्तपुरमा भनपामा बसेर थुप्रै कामहरू गरेका छन् । टोलटोलमा जनताहरूले देख्ने गरीकन घारा पाती पौवा मन्दिर पोखरी शिक्षामा जनताका छोराछोरीहरूलाई छात्रावृति दिने कार्य मन्दिरको जर्गेना वाटोमा ढुङ्गा बिच्छाउने ढलको वन्दोवस्त कमल विनायक आवास ,लिवालि आवास र देको मिबा ईट्टापाके प्लानीङ्गले जनतालाई विकासको ढोका उगारेकोछ । अझ मलाई भन मन लागेको छ । भक्तपुर नगरपालिकाको इलाकामा नै अरू नगरपालिका र बाहिरिया व्यक्तित्वहरूले घर र जग्गा खरिद विक्री गर्न नपाउने वन्दोवस्तलाई नियम वनाई पास गर्नु हुने छ भनी सल्लाह दिन जनताहरू दिन चाहन्छ ।
पानीको अझै दिप बोरिङ्गहरू गर्दै जनतालाई वन्दोवस्त गर्न पर्ने अवस्था छ । वस्तीहरू जसरी वड्दै गरेको छ । जहाँ प्लानिङ गरे त्याँहा पाण्डु बजारको जस्तै पानीको वन्दोवस्त गरेर जनताको लागि थय व्यवस्था गर्नु राम्रो हुन्छ । अझै कोरोना जाडोमा वढ्न सक्छ अझै आर्काे कोरोना चम्केको छ । गरि जीवन चलाऔ ।
आगामि चुनावमा दलको व्यवस्थामा स्वतन्त्रको स्थितीको अवस्था नआओस् ।
धन्यवाद २०७९÷२÷०९ गते