सूयबिनायक नगरपालिकामा पराजित ढुंगेलले बिजयी थापालाई भने, कार्यकाल सफल होस्
जेठ ५, २०७९, बिहीबार | विहान ०८:५२ बजे | 25
भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाई दिनुभएको छ ।
बुधबार अबेर राति सूर्यविनायक नगरपालिकाको अन्तिम मत परिणाम भएको हो । घोषणामा थापाबाट थोरै मतले पराजित हुनुभएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई ज्ञापन गर्नुभएको हो । समृद्ध र शुशासित नगर बनाउने काममा काग्रेसको साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्दे ढुंगेलले थापाको सफल कार्यकालको कामना गर्नुभएको छ ।
यसैबीच ढुंगेलले नेपाली काग्रेसका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिने आम मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । ढुंगेलले भन्नुभएको छ, तपाईहरुले विश्वासका दिनुभएको मतलाई ऋणको रुपमा ग्रहण गर्दे निरन्तर त्यो ऋण तिर्ने प्रयत्नमा रहने छु ।’
सूर्यविनायक नगरपालिकाको निर्वाचनमा ढुंगेल र थापा आपसमा प्रतिस्पर्धी हुनुहुन्थ्यो । पछिल्लो मत परिणाममा ढुंगेले १३ हजार २ सय ३२ मत प्राप्त गर्नुभएको छ भने थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ । नगरका १० वडा मध्ये ५ वटा वडामा नेपाली काग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् भने एमालेका पनि ५ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका छन् । नगरका २,३,४, ६, र ९ वडामा काग्रेसका वडा अध्यक्ष चुनिएका छन । वडा १, ५, ७, ८, १० मा एमालेका वडा वडा अध्यक्ष चुनिएका छन् ।