सूर्यविनायक १० मा एमालेको प्यानलै विजयी
जेठ ५, २०७९, बिहीबार | विहान ०५:५० बजे | 25
भक्तपुर नगरपालिका वडा न. १० मा एमालेको प्यानललै विजयी भएको छ । सो वडामा वडाध्यक्षमा शिवराम राउत १ हजार ७ सय ६८ मत मत ल्याएर विजयी भएका हुन् । राउत यसअघिका पनि वडाअध्यक्ष हुन । काँग्रेस उमेदवारले १ सय ४८ मतमात्र पाए । यो नगरपालिकामा एमालेका ३३ जना र काँग्रेसका १९ जना प्रतिनिधि विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।