सूर्र्यविनायक ९ मा वडा अध्यक्षका उम्मेदबार पत्रकार उपेन्द्र केसी पराजित
जेठ ४, २०७९, बुधबार | दिउँसो ०१:०० बजे | 20
भक्तपुर । भक्तपुरको सूर्र्यविनायक नगरपालिका वडा नं ९ मा नेकपा एमालेकातर्फबाट वडा अध्यक्षका उम्मेदबार चर्चित पत्रकार उपेन्द्र केसी पराजित भएका छन् । २०७४ सालको स्थानीय निकायको निर्वाचनमा सोही वडामा एमालेबाटै वडा अध्यक्षमा निर्वाचित केसी यो पटक पराजित भएका हुन् । पत्रकार केसी एमाले समर्थित छलफल साप्ताहिकका सम्पादक थिए । २०७४ मा वडा अध्यक्षमा विजयी भएपछि उनी पत्रकारिता छोडेर बसेका थिए । यो वडामा यो पटक नेपाली कांग्रेसकोतर्फबाट उम्मेदबारी दिएका भगवान खत्री बिजय भएका छन् ।