भक्तपुरको मध्यपुर थिमिमा एमालेले हारेपछि महेश वस्नेतले भने, हारको कारक मदनसुन्दर
भक्तपुर । एमाले नेता महेश वस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् । भक्तपुरको सूर्यविनायकस्थित एउटा अनलाइन टेलिभिजनसँंग बुधबार गरेको अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दावी गरे । उनले भने, यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो ।
मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहयाऔं बरु प्रदेश सभामा पछि उठनुस भनेका थिएँं, उनले भने, मनदसुन्दरले जिद्धी गरे र उठे । यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाई थियो ।
मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा नराम्ररी पराजित भएको थियो । जिल्लामा मदनसुन्दर महेश वस्नेतविरुद्धको समूहका मानिन्छ ।