सूर्यविनायक नगरपालिकाको वडा नं.८ सिपाडोलमा एमालेको प्यानल नै विजयी


जेठ ४, २०७९, बुधबार | विहान ०८:४० बजे | 25


सूर्यविनायक नगरपालिकाको वडा नं.८ सिपाडोलमा एमालेको प्यानल नै विजयी

विनिता थापा
भक्तपुर । बैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज सूर्यविनायक नगरपालिकाको वडा नं.८ सिपाडोलमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेको प्यानलले अत्याधिक मतका साथ विजयी हुन सफल भएको छ ।
एमालेकोतर्फबाट वडाध्यक्षका उम्मेदवार पुष्पराज बस्नेतले दुई हजार एक सय २२ मत ल्याउँदै विजयी हाँसिल गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी बिदुरमान सिंह बस्नेतले नौ सय ९१ मत प्राप्त गर्नुभयो ।
एमालेबाट दलित महिलातर्फबाट अन्जना नेपाली, महिलातर्फ सावित्री मिश्र, खुल्लातर्फ विश्वराम त्वानाबासु र विक्रम तामाङ विजयी हुनुभएको छ ।

Comments