विनिता थापा
के मनलागी नतिजाफल नै हो त ?
चैत ६ गतेबाट हुने भनिएको एस.इ.इ परिक्षा कोभिड १९को कारणले हुन सकेन । लामो समयसम्म त शिक्षा मन्त्रालय र परिक्षा बोर्डले परिक्षा सकेसम्म लिने निर्णय गरेतापनि कोभिड केस घट्नुको अलबा झन बढी हुँदै गएकाले शिक्षा मन्त्रालयले एस.इ.इ परिक्षा लिने संभावना नदेखेपछि परिक्षा नलिने घोषण शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले गर्नुभयो । त्यसपछि आयो अब नतिजाको चटारो परिक्षा बोर्डले सबै जिम्मेवार संबंधित बिधालयलाई नै जिम्मा लगायो । बिधालयको आन्तरिक मुल्यांकन र विद्यार्थीको आन्तरिक मुल्यांकनको आधारमा नतिजा निकाल्न पर्ने भयो । सवै विद्यालयले नै आफ्नो विद्यार्थीको मुल्यांकन गर्न पाउने भए । एसईई परिक्षाको नतिजा हिजो प्रकाशित भयो । जसमा शतप्रतिशत पास भए । ग्रेडिङ प्रणाली आएपछि परिक्षामा ए ग्रेड बाट शुरु भै ई ग्रेडसम्म हुन्थ्यो र आंशिक परिक्षा दिन पर्दथ्यो ग्रेड नपुग्दा । तर यसपालि त्यो भए न सबै विद्यार्थीको परिक्षाफल सफल भए कसैको नराम्रो ग्रेड आएन । बिधालयले आफ्नै मनोमानी रूपमा नतिजा निकाल्यो । बिगतको परिक्षामा ए प्लस आउनेको संख्या भन्दा यसपालि निकै नै फरक आयो । २०७२(२०७६ सम्मको ए प्लस ४ जनाको आउने को संख्या यो अनुशार छ । बिगतको नतिजा हेर्दा जिपिए ४ ल्याउनेको संख्या कम छ । २०७२ मा २ जना, २०७३ मा ४ जना, २०७४ मा ७४ जना,  २०७५ मा १०६ जना तर यसपटक जिपिए ४ ल्याउनेको संख्या किन नौ हजार ३ सय १९ जना रहेको छ । यो पालिको नतिजाको आधार हेर्दा बढी विद्यार्थीको जिपिए ४ आएको छ । यसैपाली परिक्षा पनि लिइएको छैन । यो हेर्दा विद्यालयले आफ्नो प्रतिभाशाली विद्यार्थीलाइ कुनै पनि प्रयोगात्मक परिक्षा बिना नै परिक्षाफल तयार पारिएको देखिन्छ ।
एसईई परिक्षाको परिक्षाफलको आधारमा नै ं२ अध्ययन गर्न पाइन्छ । यो सरसरती हेर्दा अहिले जिपिए ४ ल्याउने जति ९३१९ छ्न उनीहरुको भोलि कक्षा ११ र १२ मा पनि जिपिए ४ आउने सम्भव छ । अहिले जिपिए यति आएतापनि भोलिको दिन मा ११ र १२ को कक्षामा तिनै विद्यार्थी कुनै पनि बिषयमा पास हुन नसकेर कटाउन धौ धौ गरेर भौतारिने अवस्था नआउला भन्न सकिन्न । त्यसैले आफ्नो बिधालयको सान र आफ्नो बिद्यार्थीको मानको लागि भए पनि बिधालय र शिक्षकले सोच्नपर्ने हो ? के यो जिपिएले बिधालयको भबिस्य को निर्धारण गर्छ । यो आधारमा नै जिपिए आए पनि अब आउने एसईईको ब्याचले पनि त्यो अहिले जिपिए ४ ल्याएको बिधालयबाट यो पटक जति जनाको आएको छ उति नै ल्याउन सक्छ ?? यो आधारमा हेर्दै जादा विद्यार्थीको आन्तरिक मुल्यांकनको आधारमा परिक्षाफल प्रकाशित गरे पनि भोलि त्यो मार्कसिटको आधारमा नै विद्यार्थीले ं२ र अन्य तह को परिक्षामा सफल होला ? अब यहि जिपिएको आधारमा नै विद्यार्थीको जिबन को शुरूवात हुन्छ तर जिपिए ४ आएको छ तर त्यो विद्यार्थी पढाईमा कम्जोर छ भने के जिपिए ४ ले काम गर्यो ? के यो जिपिएले विद्यार्थीको जीवनमा असर पार्दैन ? जिपिए ४ आउने विद्यार्थी नि धेरै असफल हुन्छ्न । बिधालयमा पहिलो दोस्रो वा टप टेनमा पर्ने विद्यार्थीको मात्र जिपिए ४ आउँछ ? यो हेर्दा शिक्षकले नि भेदभाव गरिएको देखिन्छ । यो नतिजा हेर्दा गणितमा फेल हुने पनि पास भएका छ्न । भोलि उनीहरुले कुनै गणितीय बिषय पढेमा के उसले सजिलै कटाउन सक्छ ? त्यसले बिधालयले यो नतिजामा बिधालयको भविष्य नहेरी विद्यार्थी को भविस्य हेर्न जरुरी छ ।


...

All Comments.......


Please Login/Register To Comments