मध्यपुर थिमि ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ अग्रस्थानमा
जेठ ३, २०७९, मङ्गलबार | दिउँसो ०१:२९ बजे | 45
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का वडा अध्यक्षका उम्मेदबार रमेश थापा श्रेष्ठले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार दुई हजार चार सय मत गणणा हुँंदा थापा श्रष्ठले नौ सय ७८ मत बटुलेका छन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेसका वडा अध्यक्षले आठ सय ५१ मत पाएका छन् । तेश्रो स्थानमा रहेको एमाले वडा अध्यक्षले तीन सय १५ मत पाएका छन् । त्यहाँं तीन हजार तीन मत खसेको थियो ।