भक्तपुरबाहेक सवै स्थानीय तहका जनता खराब मानिसलाई भोट हाल्न बाध्य ः डा भटराई
जेठ ३, २०७९, मङ्गलबार | दिउँसो ०१:१४ बजे | 90
काठमाडौं, जेठ ३ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले मुलकभर रहेको ७ सय ५३ ओटा पालिकामध्ये एउटाबाहेक सवैमा खराव मान्छेलाई नै भोट हाल्न जनता बाध्य हुनुपरेको टिप्पणी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम पार्टीको पक्षमा नआएपछि भट्टराईले आज सामाजिक सञ्जालमार्फत यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
डा. भट्टराईले ट्वीट गर्दै भन्नुभएको छ, ‘समग्र समीक्षा हुँदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ–जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन ! नो भोटको प्राबधान नहुँदा र सत्तामा शुन्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन ! दुखद कुरा विकल्प पनि छैन !’
भट्टराईको यो भनाईले जसपाले जितेको स्थानीय तह र उम्मेदवार बनाइएका सवै खराव रहेको तथ्य उजागर गरेको छ । अन्य पार्टीको हकमा आरोप लगाउन सके पनि भट्टराईले नेमकिपाले जितेको भक्तपुर नगरपालिका बाहेक सवैमा खरावलाई भोट हाल्नु पर्ने बाध्यता जनतामा रहेको भन्नुभएको छ । जनता टाइम्सबाट