मध्यपुर थिमिमा ज्वाईलाई हराएर जेठान मेयर बन्दै
जेठ ३, २०७९, मङ्गलबार | विहान १०:३३ बजे | 60
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदबारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सय भन्दा वढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।
मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वटा वडाहरु छन् । अहिलेसम्म सात वटा वडाको मतगणणा सकिसकेको छ । अव वडा नं ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणणा बाँंकी रहेको छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खेसेको थियो । यो दुबै वटा वडामा एमाले बलियो मानिंदैन । यसअघि यहाँं नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो । यही कारण कांग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो ।
सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन् । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए ।
मध्यपुर थिमि नगरपालिकामा हालसम्म कांग्रेसले वडा नं १,२,३,५ र ६ गरी पाँंच वटा वडाहरुमा वडा अध्यक्ष जितिसकेका छ भने एमालेले वडा नं ४ र ७ गरी दुई वटा वडामा वडा अध्यक्ष जितेका छ ।
नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाई जेठान हुन । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाई हुन् ।