सूर्यविनायक ५ मा एमालेका राजकुमार दोहरिए
जेठ ३, २०७९, मङ्गलबार | विहान ०८:३७ बजे | 45
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदबारलाई हराएर एमालेका राजकुमार जोशी वडा अध्यक्षमा निर्वाचित भएको हो । यसअघि पनि उनले एमालेबाट उम्मेदबारी दिएर जित हासिल गरेका थिए ।
यस नगरपालिकामा अहिलेसम्म कांग्रेसबाट तीन जना वडा अध्यक्ष विजयी भएको छ भने वडा नं ५ सहित दुई जना एमालेका वडा अध्यक्ष विजयी भएका छन् । यो नगरपालिकामा १० वटा वडाहरु रहेका छन् ।