मध्यपुर ७ मा एमालेका कृष्णकुमार दोहरिए


जेठ ३, २०७९, मङ्गलबार | विहान ०८:१३ बजे | 90


मध्यपुर ७ मा एमालेका कृष्णकुमार दोहरिए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदबारलाई झिनो मतले हराएर एमालेका कृष्णकुमार प्रजापति वडा अध्यक्षमा निर्वाचित भएको हो । यसअघि पनि उनले यस वडामा स्वतन्त्र उम्मेदबारी दिएर जित हासिल गरेका थिए ।  
यस नगरपालिकामा अहिलेसम्म कांग्रेसबाट ५ जना वडा अध्यक्ष विजयी भएको छ भने मध्यपुर थिमि नगरपालिका वडा नं ४ र ६ गरी दुई जना एमालेका वडा अध्यक्ष विजयी भएका छन् । यो नगरपालिकामा नौ वटा वडाहरु रहेका छन् ।

Comments