सूर्यविनायक ४ दधिकोटमा कांग्रेसका लक्षुराम विजयी


जेठ ३, २०७९, मङ्गलबार | विहान ०४:५८ बजे | 75


सूर्यविनायक ४ दधिकोटमा कांग्रेसका लक्षुराम विजयी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटमा वडा अध्यक्षमा नेपाली काँग्रेसका लक्षुराम न्यौपाने विजयी भएका छन् । वडा अध्यक्षसहित एक खुला सदस्यमा काँग्रेसकै उज्वल राजथलाले जीत हासिल गरेका छन् ।
त्यस्तै नेकपा एमालेबाट महिला सदस्य पदमा तारा सापकोटा, खुला सदस्यमा राजु लुवन्जार श्रेष्ठ र दलित महिला सदस्यमा पम्फा परियारसमेत तीनजना विजयी भएका छन् । यसभन्दा अघि खुला सदस्यमा एमालेका विदुर खड्का निर्वाचित भएको खबर आएता पनि पुनः मतगणना कार्यमा एमालेकै राजु लुवन्जार श्रेष्ठ मात्र दुई भोटको अन्तरले विजयी भएको आधिकारिक घोषणा गरिएको छ ।

Comments