मध्यपुर ६ मा काग्रेसका ज्ञानदास प्रजापति विजयी
जेठ ३, २०७९, मङ्गलबार | विहान ०३:०१ बजे | 50
भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुर थिमि नगरपालिकाको ९ वटा वडा मध्ये हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ । नगरको ३ वटा वडाको मत गणना बाँकी छँदैं गठबन्धनले फराकिलो अग्रता बनाएको हो ।
मध्यपुर थिमिमा कुल खसेको ३१ हजार ४१० मत मध्ये वडा नं. १ देखी ६ सम्मको २२ हजार मत गणना भइसकेको छ । अब गणना गर्न बाँकी करिव ११ हजार मत रहेको छ । वडा नं. ६ सम्मको मत गणनामा गठबन्धनका प्रमुख उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ३ हजार ४९८ मतको अग्रता लिनुभएको छ । उहाँको ११ हजार ३०५ मत भएको छ भने उहाँलाई निवर्तमान नगर प्रमुख समेत रहनुभएका नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ७ हजार ८०७ मतका साथ पछ्याई रहनुभएको छ ।
त्यस्तै गठबन्धनका उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ९ हजार ६५९ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई नेकपा एमालेकी उत्तरा नेपालले ६ हजार ४८५ मतले पछ्याई रहनुभएको छ ।
यसैबीच मध्यपुर थिमि नगरपालिकाको वडा नं. ६ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार मध्यपुर थिमि ६ मा नेपाली कांग्रेसका ज्ञानदास प्रजापति वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले २ हजार ३६२ मत ल्याए भने उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका राधेश्याम प्रजापतिले १ हजार ३९३ मत प्राप्त गर्नुभयो ।