भक्तपुरका तीन वटै नगरपालिकाको प्रमुखमा कांग्रेस अगाडि


जेठ २, २०७९, सोमबार | दिउँसो ०२:०८ बजे | 90


भक्तपुरका तीन वटै नगरपालिकाको प्रमुखमा कांग्रेस अगाडि

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण तीन वटै नगरपालिकाको मेयरमा कांग्रेस अग्रस्थनमा रहेको छ । सोमबार साँंझसम्म मध्यपुर थिमिमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्‍ठ ९,०८८ मतका साथ अग्रस्थानमा छन् । श्रेष्‍ठलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मदनसुन्दर (जगुलु) श्रेष्‍ठले ६,२७२ मत ल्याएका छन् ।
सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेल ४,३२८ मतका साथ अग्रस्थानमा छन् । ढुंगेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वासुदेव थापाले ३,८१० मत ल्याएका छन् ।
चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार जीवन खत्री ४,७१६ मतका साथ अग्रस्थानमा छन् । खत्रीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की विना बास्तोलाले ४,२६३ मत ल्याएकी छन् ।

Comments